ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पारित

May 18, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

जेठ ४, काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पारित गरेको छ । बोर्डको बिहीवार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई शेयर धितो राखी ब्रोकर कम्पनीहरुबाटै कर्जा उपलब्ध गराउने उदेश्यले कार्यविधि पारित गरेको हो । यसअघि बोर्डले लगानीकर्ताहरुलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा ब्रोकर कम्पनीहरुको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गरी सोही अनुसार कार्यविधि बनाई स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नेप्सेले कार्यविधि तयार गरी स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो ।

बोर्डले उक्त कार्यविधि बिहीवार पारित गरी नेप्सेलाई कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ । कार्यविधि पारित भएसँगै लगानीकर्ताले अब ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको सुविधा पाउनेछन् । यसका लागि नेप्सेले विधि तथा प्रक्रिया निर्धारण गर्नेछ । नेप्सेले पनि बोर्डको निर्देशन अनुसार मार्जिन ट्रेडिङ कार्यविधि चाँडै कार्यान्वयनमा ल्याउने बताएको छ ।

पारित कार्यविधिमा ब्रोकर कम्पनीले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात रू. १० करोडसम्म शेयर धितो कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था छ । यस कार्यविधि मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश गरेको सूचीकृत संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्नेछ । शेयर कर्जा सुविधा प्रदान गर्ने ब्रोकर कम्पनीको नेटवर्थ रू. ५ करोडभन्दा बढी हुनुपर्ने लगाएतका २३ बुँदाहरु कार्यविधिमा समेटिएका छन् । कार्यविधिमा सूचीकृत कम्पनीको शेयरको १ सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्ने, यस सम्बन्धमा बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था छ ।

ब्रोकर कम्पनीहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् भने एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउन सक्नेछन् । साथै, नेप्सेले मार्जिन सुविधा अन्तर्गत कारोबार भएको शेयरको विवरण कारोबार भएको भोलिपल्टसम्म आफ्नो वेबसाइट मार्फत बजारमा सम्प्रेषण गर्नुपर्नेछ । त्यस्तै, ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सुविधा अन्तर्गत कारोबार भएको शेयरको हिसाब किताब तथा लेखा वार्षिक रुपमा लेखा परीक्षण गराई बोर्ड र नेप्सेलाई आर्थिक वर्ष समाप्त भएको तीन महीनाभित्र पेश गर्नुपर्ने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)