ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

९ कम्पनीको २ करोड ९० लाख कित्ता शेयर सूचीकृत

May 20, 2018  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । शुक्रवार नेप्सेमा ९ कम्पनीको बोनस र हकप्रद गरी कुल ९ करोड ९० लाख ५२ हजार ५३ दशमलव ४४ कित्ता शेयर सूचीकृत भएको छ । सात कम्पनीको बोनस शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो । बोनस शेयर सूचीकृत हुनेमा कम्पनीमा माइक्रोफाइनान्स र फाइनान्स गरी चार, विकास बैङ्क दुई र इन्स्योरेन्स एक छ । यी कम्पनीको ६८ लाख ६९ हजार ५० दशमलव ४४ कित्ता शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको सबैभन्दा बढी २७ लाख ५७ हजार २ सय ३१ कित्ता शेयर सूचीकृत भएको छ । त्यसैगरी हकप्रद शेयर सूचीकृत हुनेमा प्रभु बैङ्क र पोखरा फाइनान्स कम्पनी रहेका छन् । यी दुई कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार ३ कित्ता सूचीकृत भएको छ । लगानीकर्ताले अब यी शेयर कारोबार गर्न सक्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)