ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कारोबारको अन्त्यमा स्थिर भयो नेप्से, परिसूचक १३५६.८२ विन्दुमा

May 20, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । साताको पहिलो दिन नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत घटेर बन्द भएको छ । कारोबार शुरु भएदेखि तेस्रो घण्टासम्म बढेको बजार त्यसपछि घटेर बन्द भएको हो । १ हजार ३ सय ३९ दशमलव ९५ विन्दुबाट शुरु भएको कारोबार आधा घण्टामा १ हजार ३ सय ५६ दशमलव ८२ यस दिनको उच्च विन्दुमा पुगेको थियो । सो विन्दुमा अन्त्यसम्म टिक्न नसकि लगातार ओरालो लागेर अन्त्यमा शून्य दशमलव ४६ अङ्कले घटेर १ हजार ३ सय ३९ दशमलव १९ विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबार भएका ९ समूहको परिसूचकमा लघुवित्त, बीमा, विकास बैङ्क र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बैङ्किङ, होटल, उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूहको परिसूचक घटेको छ । वित्त समूहको परिसूचक स्थिर भएर बन्द भएको छ । कारोबार भएका १ सय ५९ कम्पनीको ३ हजार ९ सय ५६ पटकको व्यापारमा ७ लाख ६९ हजार ३ सय ३ कित्ता शेयरको रू. ३४ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनको म्यानुअल कारोबार रू. १९ लाख ८५ हजार बराबर रहेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको प्रतिकित्ता रू. ३ हजार १ सय २ मा रू. २ करोड ३६ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साथै, सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशलते बढेको छ भने हिमालयन डिष्टिलरीको शेयर मूल्य ३ दशमलव ५९ प्रतिशतले घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)