ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यून अङ्कले घट्यो नेप्से, ६६ कम्पनीको शेयर मूल्य बढ्यो

May 21, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जेठ ७, काठमाडौं । सोमवार शेयर बजार शून्य दशमलव १५ प्रतिशत घटेको छ । कारोबार शुरु भएदेखि सुस्त रुपमा घटिरहेको शेयर बजार अन्तिम आधा घण्टामा भने सुधारिन खोजेको थियो । दिनभरी ओरालो लागेको बजारमा अन्तिम समयमा होटल, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र लघुवित्त समूह बढेपछि परिसूचक घट्न रोकिएको हो । यस दिन परिसूचक २ दशमलव शून्य ६ अङ्कले घटेर १ हजार ३ सय ३७ दशमलव १३ विन्दुमा पुगेर टुङ्गिएको हो । कारोबार रकम बढेर रू. ३५ करोड ५४ लाख र बजार पूँजीकरणमा घटेर रू. १५ खर्ब ६९ अर्बमा सिमित रहेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव शून्य ५ प्रतिशतले घटेर २ सय ८२ दशमलव ११ अङ्क पुगेको छ ।

यस दिन सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको रू. २ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको १ सय १ पटकको व्यापारमा ८ हजार ९ सय २५ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ९९ ले बढेर अन्तिम मूल्य रू. २ हजार ७ सय २५ पुगेको छ । यस कम्पनीको सञ्चालक समितिको बैठकले २२ दशमलव ०६ प्रतिशत बोनस शेयर १ दशमलव १६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेपछि यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको हो । नयाँ नेपाल लघुवित्त विकास बैङ्कको मूल्य ९ दशमलव ७१ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २ हजार २ सय ४९ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ५ दशमलव ७९ प्रतिशत घटेर अन्तिम मूल्य रू. १२ हजार ५ सय ७१ मा सिमित रहेको छ । बीमा समितिले यस बीमा कम्पनीको बोनस शेयरमा रोक लगाएको खबरले कम्पनीको शेयर मूल्यमा प्रभाव परेको हो ।

लघुवित्त कम्पनी समूहको परिसूचक २ दशमलव शून्य ६ प्रतिशत बढेको छ । अधिकांश लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ३५ दशमलव ८२ अङ्क बढेको हो । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ६४ प्रतिशत, होटलको शून्य दशमलव ५७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३६ प्रतिशत बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव १ प्रतिशत घटेको छ । साथै, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ४१ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३ र वित्त कम्पनीको शून्य दशमलव शून्य ९ प्रतिशत घटेको हो ।

यस दिन ६६ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने २४ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ६३ कम्पनीको ३ हजार ९ सय ८८ पटकको व्यापारमा ८ लाख ७ हजार ५ सय ३३ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५० दशमलव शून्य १ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ९० अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)