ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा पनि

May 22, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेबसाइट तयार पारेको छ । नेपालको पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको सङ्ख्या बढाउन चिनियाँ भाषामा तयार पारिएको वेबसाइटले सहयोग गर्ने नेपाल पर्यटन बोर्डको अपेक्षा छ । चिनियाँ भाषाको वेबसाइट सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । सो अवसरमा पर्यटनमन्त्री अधिकारीले नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको अवस्थामा यस वेबसाइटले थप चिनियाँ पर्यटक आकर्षण गर्न सहयोग गर्ने बताए । उनले भने, ‘नेपाल आउने चिनियाँ पर्यटकलाई अन्तरक्रियात्मक बनाई यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गतिविधिबारे जानकारी गराउन यो वेबसाइट उपयोगी हुनेछ, यसले चिनियाँ पर्यटक बढाउन सहयोग पुग्नेछ ।’ उनले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन पनि यो अभियानले सहयोग गर्ने धारणा राखे । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाली पर्यटनको महत्त्वपूर्ण स्रोत बजार चीनबाट विगत १० वर्षमा निरन्तर पर्यटक आगमन सङ्ख्या बढिरहेकाले उनीहरूलाई अझ घुलमिल बनाउने उपयुक्त माध्यम चिनियाँ वेबसाइट हुने विश्वास व्यक्त गरे । उनले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या बढ्दो रहे पनि लक्ष्यमा पुग्न चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न आगामी दिनमा चिनियाँ भाषामा मोबाइल एपलगायत सामग्री बनाइने जानकारी दिए । नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई छिमेकी मुलुकको जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा पर्यटनको माध्यमबाट आर्थिक सामाजिक साझेदारी अभिवृद्धि गर्न चिनियाँ वेबसाइट उपयोगी हुने बताइन् । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले अन्तरराष्ट्रिय पर्यटनको महŒवपूर्ण स्रोत बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न वेबसाइट सान्दर्भिक हुने उल्लेख गरिन् । चिनियाँ वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रका आकर्षक तस्वीर र जानकारी समावेश गरिनुका साथै महŒवपूर्ण धार्मिकस्थल, मठमन्दिर, हिमाल र नदीहरू समावेश गरिएको छ । यस्तै, इन्फोग्राफी भिडियोमा सातओटै प्रदेशका पर्यटकीय क्षेत्रको तस्वीर र विवरणका साथै ती गन्तव्यमा पुग्ने यातायात, सञ्चारलगायतको जानकारी दिइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)