ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम : समृद्धिको सङ्कल्प

May 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको इतिहास रच्ने सङ्कल्पसहित आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । सोमवार सङ्घीय संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिको इतिहास रच्न ५ वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर प्राप्त गर्ने बताइन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई सुदृढ बनाई सरकारी, निजी र सहकारी क्षेत्रको समन्वयमार्पmत लगानी प्रवद्र्धन गरी दोहोरो अङ्कको वृद्धिदर प्राप्त गर्ने सरकारको लक्ष्य छ । दोहोरो अङ्कको आर्थिक वृद्धिदरसँगै आउँदो ५ वर्षमा नेपालीको प्रतिव्यक्ति औसत आम्दानी दोब्बर हुने सरकारको प्रक्षेपण छ । सो प्रक्षेपण सही सावित भएमा अबको ५ वर्षमा नेपालीको औसत प्रतिव्यक्ति वार्षिक आय २ लाख रुपैयाँ वा २ हजार अमेरिकी डलर पुग्नेछ । अहिलेको प्रतिव्यक्ति आम्दानी १ हजार ४ अमेरिकी डलरलाई ५ वर्षमा दोब्बर बनाउन वार्षिक चक्रीय वृद्धिदर १९ प्रतिशत हुनुपर्ने देखिन्छ । पछिल्ला ५ वर्षमा त्यस्तो चक्रीय वृद्धिदर १० प्रतिशतको हाराहारी छ । त्यसरी, उच्च दरको आर्थिक वृद्धिदरसहित आगामी १० वर्षमा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने सरकारी लक्ष्य छ । साथै सन् २०३० मा प्राप्त गर्ने भनिएको दिगो विकासको लक्ष्य पनि सो अवधिभन्दा पहिला नै प्राप्त गर्ने सरकारी लक्ष्य रहेको राष्ट्रपतिले बताएकी छन् । संसद्मा राष्ट्रपतिले भनिन्, ‘समृद्धि मृगतृष्णा होइन, तथ्य, तर्क र कानूनी आधारमा जनताका विकासका माग सम्बोधन हुन्छ । र, समृद्धिको स्वर्ण इतिहास रच्ने कार्य प्रारम्भ हुन्छ ।’ सरकारका सबै कार्यक्रम नागरिकलाई प्राथमिकतामा राखेर ल्याइएको राष्ट्रपतिको भनाइ थियो । अहिलेको सरकार पूर्ण बहुमतसहितको ५ वर्षे कार्यकालका लागि गठन भएकाले नीति तथा कार्यक्रमले पनि सोहीअनुरूप पूर्णकालीन योजनालाई प्राथमिकतामा राखेको छ । सरकारले १ वर्षभित्र निजगढ विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थललाई स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रममा वाम गठबन्धनले निर्वाचनका समयमा घोषणापत्रमा समावेश गरेका रेलमार्ग तथा जलमार्गले पनि स्थान पाएको छ । आउँदो वर्षबाट सरकारले एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रममा उल्लेख छ । धन्यवाद प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबापत सरकारले धन्यवाद प्रस्ताव प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आउँदो ९, १० र ११ गते र राष्ट्रियसभामा १० र ११ गते छलफल हुने संसद् सचिवालयले बताएको छ । सरकारको प्राथमिकतामा के के छन्
  • दोहोरो अङ्कको वृद्धिदर
  • रुग्ण र बन्द उद्योग सञ्चालन
  • मेगा र स्मार्ट सिटी निर्माण
  • वित्तीय अनुशासनमा जोड
  • नतीजामुखी सरकारी खर्च
  • ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर
  • एकीकृत सामाजिक सुरक्षा
  • ३ वर्षमा धरहरा र रानीपोखरी पुनर्निर्माण
  • रेलमार्ग र जलमार्ग प्राथमिकतामा
  • आयात नियन्त्रण गर्ने सङ्केत
  • पूँजी बजार विस्तार
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)