ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पीडित हवाई यात्रुलाई क्षतिपूर्ति दिने मापदण्ड तयार पार्न आदेश

May 22, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । उपयुक्त आधारविना उडान तालिका परिवर्तन हुँदा पीडित हुने गरेका यात्रुलाई हवाई सेवाप्रदायक कम्पनीबाट क्षतिपूर्ति प्रदान गर्न मापदण्ड तयार गरी हवाई सेवाको गुणस्तर निर्धारण गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ र पूर्वन्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले २ वर्षअघि सो आदेश गरेको भए पनि त्यसको पूर्ण पाठ आइतवार मात्र बाहिर आएको छ । सर्वोच्च अदालतले अहिलेको समय प्रतिस्पर्धात्मक, गुणस्तरीय र भरपर्दो हवाई सेवा सञ्चालन गर्नुपर्ने स्मरण गराउँदै हवाई सेवाप्रदायक कम्पनीले सेवाग्राहीप्रति हेलचेक्र्याइँसहित व्यवहार गर्ने अपेक्षा गर्न नसकिने स्पष्ट गरेको छ । रेडियो सगरमाथामा स्टेशन मेनेजरको रूपमा कार्यरत घमराज लुइँटेलद्वारा यती एयरलाइन्सले काठमाडौंबाट विराटनगर जान लाग्दा निर्धारित समयभन्दा आधा घण्टा अगाडि नै उडान गरेको उल्लेख गरिएको थियो । त्यस्तै विराटनगरबाट सोही विमानबाट काठमाडौं फर्कन लाग्दा निर्धारित समयभन्दा २ घण्टा ढिलो उडान गरेको उल्लेख गर्दै क्षतिपूर्तिको माग दाबी गरिएको थियो । त्यसबाट आपूmलाई कुल रू. १ लाख २६ हजार क्षति भएको उनको दाबी थियो । लुइँटेलले शुरूमा उपभोक्ता संरक्षण ऐन, २०५४ बमोजिम क्षतिपूर्ति समितिमा उजुरी दिएका थिए । सो समितिले हदम्यादको व्यवस्था देखाउँदै उनको उजुरी खारेज गरेको थियो । समितिको निर्णयविरुद्ध लुइँटेलले तत्कालीन पुनरावेदन अदालत, पाटनमा पुनरावेदन दिएका थिए । सो अदालतले जम्मा रू. १ हजार मात्र क्षतिपूर्ति भराउनु पर्ने ठहर गरेको थियो । सोविरुद्ध यती एयरलाइन्स सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि तत्कालीन पुनरावेदन अदालतकै पैmसलालाई सदर गर्दै सरकारको सम्बन्धित निकायलाई विभिन्न आदेश दिएको छ । हवाई सेवा प्रदान गर्ने सेवाप्रदायकले तोकिएको समयमा नै उडान गर्नुपर्ने प्राथमिक दायित्व भएको उल्लेख गर्दै सर्वोच्चले उडान तालिकामा यथासम्भव हेरफेर गर्न नहुने स्मरण गराएको छ । हवाई सेवा नेपालका लागि आधारभूत र अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले त्यस्तो सेवाको गुणस्तरको निर्धारण हुन अपरिहार्य देखिएको सर्वोच्चले स्पष्ट गरेको छ । सर्वोच्चले तोकिएको समयमा उचित कारण विना नै उडान रद्द गरिनु, उडान रद्द गरिएको पूर्वसूचना उपभोक्तालाई यथासमयमा नदिइनुजस्ता कुरा पनि हवाई यातायातको गुणस्तरभित्र पर्ने कुरा भएको बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)