ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

४.३१ अङ्कले घट्यो नेप्से, लगानीकर्ता बजेटको पर्खाईमा

May 22, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । मङ्गलवार नेप्से शून्य दशमलव ३२ प्रतिशत घटेर बन्द भएको छ । कारोबार भएको एक घण्टामा बजार उतारचढावमा रहेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको बजार अन्त्यमा ४ दशमलव ३१ अङ्कले घटेर १ हजार ३ सय ३२ दशमलव ८२ विन्दुमा पुगेको छ ।

नेप्सेमा सर्वाधिक शेयर कारोबार हुने १० कम्पनीमा नेपाल इन्भेष्टमेण्ट बैङ्कको संस्थापक शेयर रहेको छ । यस कम्पनीको प्रतिकित्ता रू. ५ सय ७० मा रू. २२ करोडको २४ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन यस कम्पनीको उच्च कारोबार भएको छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा लघुवित्त, उत्पादन तथा प्रशोधन समूह र होटल समूहको परिसूचक बढेको भएता पनि बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । कारोबार भएका १ सय ६० कम्पनीको ३ हजार ८ सय ८३ पटकको व्यापारमा १० लाख ५८ हजार ७५ कित्ता शेयरको रू. ५३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनको म्यानुअल कारोबार रू. १९ लाख ३० हजार रहेको छ ।

कारोबार भएका कम्पनी मध्ये सूर्योदय लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशत र किसान माइक्रोफाइनान्सको शेयर मूल्य ८ दशमलव ४१ प्रतिशतले बढेको छ । साथै, सेण्ट्रल फाइनान्सको शेयर मूल्य ६ दशमलव २५ प्रतिशतले घटेको छ ।

बजेटको पर्खाईमा लगानीकर्ता जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गर्न लागेको आगामी आवको बजेटको पर्खाईमा रहेको लगानीकर्ता बताउँछन् । उक्त बजेट पूँजीबजार पूर्वाधारमैत्री हुने आशा लगानीकर्ताले गरेका छन् । शेयर बजारमा ५ प्रतिशत कर तोकियोस् र दीर्घकालीन लगानीकर्ताहरुको लागि शेयर किनबेचमा साढे २ प्रतिशत कर लागू गरियोस् भन्ने उनिहरुको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)