ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डीआरएन इलेक्ट्रोनिक्स २० वर्षमा : विश्वकपलाई लक्षित गरी कभ्र्ड टीभीमा छूट

May 25, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । डीआरएन इलेक्ट्रोनिक्सले नेपाली ब्राण्ड डीआरएन दर्ता गरी इलेक्ट्रोनिक्स सामग्रीको उत्पादन शुरू गरेको १९ वर्ष पूरा भएको छ । १९ वर्षअघि रेडियो र भीसीडीबाट उत्पादन थालेको डीआरएनले अहिले स्मार्ट कर्भ टीभी उत्पादन गरिरहेको छ । कम्पनीले रेडियोबाट भीसीडी हुँदै स्मार्ट कभ्र्र्ड टीभी उत्पादन गरिरहेको डीआरएन ओभरसिजका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । शुरूमा चिनियाँ सामान आयात गरेर विक्री गर्ने काम गरेको कम्पनीले २०५६ साल असोजमा कम्पनी रजिष्ट्रार कार्यालयमा डीआरएन दर्ता गरेको थियो । डीआरएनलाई अन्तरराष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्न चीनमा समेत ट्रेडमार्क दर्ता गरिसकेको अध्यक्ष श्रेष्ठले बताए । ओभरसिजका निर्देशक रजनीश श्रेष्ठले गुणस्तरीय उत्पादन भएकै कारण अन्तरराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको बताए । ‘हामीले विश्व बजारको इन्नोभेशनलाई एडप्ट गरेका छौं,’ उनले भने, ‘गुणस्तरमासचेत छौं, त्यसैले बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सफल भएका हौं ।’ कम्पनीले डीआरएन ब्राण्डमा फाइभ इन वान, टु इन वान, थ्री इन वान स्पीकर बजारमा ल्याएको छ । त्यस्तै, कम्पनीले ५५, ४३, ३९ र ३२ इञ्चका स्मार्ट कर्भ टीभीसमेत ल्याएको छ । यीबाहेक कम्पनीले टेलिफोन सेट, स्मार्ट टीभी बक्स, आइरन, इमर्जेन्सी लाइट, सीएफएल तथा एलईडी बल्ब, पङ्खा, मच्छडब्याट, मल्टी प्लग र टर्च लाइटसमेत डीआरएन ब्राण्डमा उत्पादन तथा विक्री गरिरहेको छ । विश्वकप लक्षित अफर विश्वकप फूटबललाई लक्षित गरी डीआरएनको टीभी किन्दा उपहार दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ५५ इञ्चको स्मार्ट कर्भ टीभी किन्नेलाई डीआरएन २.१ स्पीकर, ४३ इञ्चको स्मार्ट कर्भ टीभी किन्नेलाई डीआर–८८८ टेलिफोन सेट, ३९ इञ्चको स्मार्ट कर्भ टीभी किन्नेलाई डिआर–१११ टेलिफोन सेट दिनेछ । कम्पनीले डीआरएनको ३२ इञ्चको स्मार्ट कर्भ टीभी किन्नेलाई १० पिस ३ वाटको सीएफएल लाइट र साधारण ३२ इञ्चको एलईडी टीभी किन्नेलाई १० पिस दुई वाटको एलईडी बल्ब दिने बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)