ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ९ लाखमा बहुउद्देश्यीय पानी प्रणाली निर्माण

May 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
रुकुम । रुकुमको बाँफीकोट गाउँपालिका–२ पिपलकुनाखेतमा बहुउद्देश्यीय पानी प्रणाली निर्माण गरिएको छ । करीब साढे ९ लाख रुपैयाँ लागतमा छिप्रेखोला खरखहरे बहुउद्देश्यीय पानी प्रणाली आयोजना निर्माण गरिएको हो । अमेरिकी दातृ निकाय यूएसआईडी र रुकुमेली समाज विकास केन्द्रको साझदारीमा सञ्चालित पहल कार्यक्रमको २ लाख ७६ हजार, समुदायको ५ लाख ८४ हजार र गाउँपालिकाको ६५ हजार ९ लाख २५ हजार रुपैयाँ लगानीमा बहुउद्देश्यीय पानी प्रणाली निर्माण गरिएको स्थानीयले बताएका छन् । ‘खानेपानीको समस्या भोग्दै आएको गाउँमा यो योजना निर्माणपछि खानेपानी र सिँचाइको समेत सुविधा पुगेको छ,’ स्थानीय तुलसा घर्तीले भनिन् । बहुउद्देश्यीय पानी प्रणालीअन्तर्गत पाँचओटा सिँचाइ धारा र ६ ओटा बालमैत्री बनाइएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताए । उनले भने, ‘समुदायको माग र आवश्यकताको आधारमा यो योजना तयार पारिएको हो ।’ पहल कार्यक्रमले जिल्लाका साविक पिपलकुनाखेत, पोखरा, काँडा, रुकुमकोट र चुनवाङ गाविसमा कृषि, जीविकोपार्जन, वन तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)