ट्राफिक प्रहरी कार्यालय अछामद्वारा ११ लाख राजस्व सङ्कलन
May 25, 2018
 
विविध
अभियान संवाददाता
अछाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले चालू आर्थिक वर्षको १० महीनामा रू. ११ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न सवारीसाधनलाई कारबाही गरेबापत रकम सङ्कलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय, साँफेबगरका अनुसार २ सय ३४ ओटा बसलाई कारबाही गरी रू. १ लाख ३९ हजार २ सय, २४ ट्रकबाट रू. १ लाख ३४ हजार ५ सय, ६ सय ५२ ओटा जीप कारबाहीबाट रू. ३ लाख ६३ हजार, ३ सय २० ट्र्याक्टरलाई कारबाही गर्दा रू. १ लाख ९५ हजार र ५ सय ५७ ओटा मोटरसाइकललाई कारबाही गर्दा रू. ३ लाख २१ हजार राजस्व सङ्कलन गरिएको हो । गत आवमा १ हजार ६ सय ४८ सवारी कारबाहीमा रू. १० लाख ९ हजार ५ सय सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगरका इञ्चार्ज कर्ण चुनाराले जानकारी दिए ।