ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारबारे आधारभूत जानकारी

May 27, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । पूँजीबजारमा लगानी गर्नुअघि यसबारे आधारभूत जानकारी लिनु जरुरी छ । धितोपत्र (शेयर, ऋणपत्र, सामूहिक लगानी) बजारमा समय–समयमा उतारचढाव आउने भएकाले विवेकशील भएर लगानीको निर्णय गर्नुपर्छ । शेयरमा प्रतिफल र जोखीम दुवै हुने हँुदा हल्ला र कसैको बहकाउमा नलागी कम्पनीको वास्तविक आधारभूत पक्ष हेरेर लगानी गर्नुपर्दछ । लगानीकर्ताले जोखीम वहन गर्ने क्षमताको समेत मूल्याङ्कन गर्नुपर्ने हुन्छ । तपाईं प्राथमिक बजार (आईपीओ)मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने त्यस कम्पनीले जारी गरेको आह्वानपत्र अध्ययन गर्ने, कम्पनीको नेटवर्थ, नाफा–नोक्सान, लगानी योजना, जोखीम पक्ष र क्रेडिट रेटिङको स्तर जस्ता महत्त्वपूर्ण पक्षको विश्लेषण गनुपर्ने हुन्छ । यसपछि मात्र लगानीको निर्णय लिँदा जोखीम कम हुन सक्छ । तपाईं नेप्सेमा सूचीकृत कम्पनीको शेयर किन्दै हुनुहुन्छ भने सम्बन्धित कम्पनीको कार्यसम्पादन स्थिति, मूल्यमा प्रभाव पार्न सक्ने सूचना, जस्तै– लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजना, वार्षिक प्रतिवेदन र त्रैमासिक वित्तीय विवरण/परिसूचकको विशेष अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीका महत्त्वपूर्ण वित्तीय परीसूचकहरू सम्बन्धित कम्पनीको प्रतिशेयर आम्दानी, निष्क्रिय कर्जा, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थ आदि हुन् । लगानी गर्नुअघि यी परिसूचकको राम्रोसँग अध्ययन गर्नुपर्छ । यी विभिन्न सूचनाका लागि कम्पनीले आर्थिक पत्रपत्रिकामा प्रकाशित गरेका विवरण र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटको अध्ययन गर्नुपर्ने हुन्छ । साथै, आफूले लगानी गर्न लागेको शेयर नेपाल धितापत्र बोर्ड (सेबोन)मा दर्ता भए/नभएको र दोस्रो बजारमा लगानी गर्दा नेप्सेमा सूचीकृत भए/नभएको बारेमा जानकारी लिनुपर्छ । शेयर बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले सजग भएर लगानी गर्नुपर्छ । नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको शेयर ओटीसी बजारबाट कारोबार गर्न सकिने व्यवस्था छ । त्यसैले, यसको बारेमा पनि राम्ररी बुझ्नुपर्ने हुन्छ । पहिलोपटक दोस्रो बजारमा प्रवेश गर्दै हुनुहुन्छ भने सेबोनबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएका धितोपत्र दलाल व्यवसायीमार्फत कारोबार गर्नुपर्छ । आफूले शेयर खरीद गरेपछि समयमै डिम्याट खातामा शेयर जम्मा भएको छ/छैन, हेर्नुपर्छ । नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई आधुनिकीकरण गर्न सार्वजनिक निष्कासनमा आस्बा प्रणाली अनिवार्य गरेकाले आगामी दिन यही प्रणालीमार्फत निवेदन दिनुपर्छ । पूँजीबजारसम्बन्धी नीतिनियम तथा निर्देशनले शेयरमूल्यमा असर पार्न सक्छ । त्यस कारण उचित निर्णय लिन सेबोन, नेप्से, नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र बीमा समितिको वेबसाइट हेर्ने गर्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)