ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

फस्टाउँदै बैङ्क, खुम्चिँदै हुलाक बचत

May 28, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । आधुनिक प्रविधिको विकाससँगै हुलाक बचत बैङ्कको सेवा साँघुरिएको छ । आर्थिक वर्ष (आव) २०७४/७५को आर्थिक सर्वेक्षणले बैङ्कहरू देशव्यापी विस्तार नभएको अवस्थामा आम नागरिकलाई वित्तीय सेवा पुर्‍याउँदै आएको १ सय १७ ओटा हुलाक बचत बैङ्कका कार्यालय घटेर ६८ मा सीमित भएको देखाएको छ । यद्यपि हुलाक माध्यमबाट ग्राहकलाई वित्तीय सेवा दिइरहेको हुलाक बचत बैङ्कमा अझै ६८ हजार ८ सय ७१ ओटा खाता सक्रिय छन् । मुलुकको अर्थतन्त्रको मुख्य मेरूदण्ड वित्तीय क्षेत्र पछिल्लो समय फस्टाउँदै गएको छ । वित्तीय संरचनाअन्तर्गत बैङ्कहरू मर्जर तथा एक्वीजिशन प्रणाली अपनाएर घट्दै गए पनि अन्य वित्तीय संस्थाको तुलनामा यसको अंश दोब्बरभन्दा बढी छ । आर्थिक सर्वेक्षणअनुसार बैङ्किङ सेवाको विस्तारसँगै वित्तीय सेवामा जनताको पहुँच क्रमशः वृद्धि हुँदै गएको छ ।' चालू आवको फागुन मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको शाखा ५ हजार ८ सय ३७ ओटा पुगेको छ । नेपाल सरकारबाट २०३३ सालदेखि सञ्चालित हुलाक बचत बैङ्कले परिचालन गर्ने निक्षेप पनि कम भएको सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ । सूचना आदानप्रदान गर्ने टेलिफोन, इण्टरनेटलगायत आधुनिक माध्यमको विकास नभइसक्दा देशव्यापी रूपमा हुलाकको आफ्नै महत्त्व थियो । हुलाक बचत बैङ्कले गत फागुन मसान्तसम्ममा रू. २ अर्ब ८ करोड ४० लाख निक्षेप सङ्कलन गरेको छ । सो तथ्याङ्कले हुलाक बचत बैङ्कको अस्तित्व अझै रहेको देखिन्छ । वित्तीय क्षेत्रअन्तर्गत गैरबैङ्किङ क्षेत्रको समेत निक्षेप सङ्कलन र परिचालनमा महत्त्वपूर्ण भूमिका रहेको छ । व्यक्तिगत तथा संस्थागत बचत परिचालन गर्दै आएको नागरिक लगानी कोषको पुस मसान्तसम्ममा बचत रू. १ खर्ब ५ अर्ब ६८ करोड पुगेको छ । कोषले सोही अवधिसम्ममा निक्षेप तथा विभिन्न क्षेत्रमा रू. ९३ अर्ब ७५ करोड लगानी गरेको तथ्याङ्कमा उल्लेख छ । यसैगरीे कर्मचारी सञ्चय कोषले रू. २ खर्ब ६० अर्ब १० करोड सञ्चित गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)