ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विद्युत् खपत १८.३ प्रतिशतले वृद्धि

May 28, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो ८ महीना अर्थात् गएको फागुनसम्ममा अर्थतन्त्रका सबै क्षेत्रमा गरी कुल ३ हजार ५ सय ९९ दशमलव ४ गिगावाट घण्टाबराबर विद्युत् खपत भएको छ । अर्थ मन्त्रालयले निकालेको आर्थिक सर्वेक्षण २०७४/७५ ले उक्त अवधिमा भएको सो परिमाणको विद्युत् खपत अघिल्लो आवको सोही अवधिको तुलनामा १८ दशमलव ३ प्रतिशतले बढी रहेको देखाएको छ । आव २०७३/७४ मा वार्षिक कुल विद्युत् खपत ४ हजार ७ सय ६४ दशमलव ७ गिगावाट घण्टाबराबर रहेको थियो । पछिल्लो ५ वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष अन्य क्षेत्रको तुलनामा घरपरिवार क्षेत्रको विद्युत् खपत दर बढी रहेको छ । उक्त क्षेत्रमा अधिकतम वार्षिक औसत ४५ दशमलव ५ प्रतिशतसम्म पुगेको थियो । त्यसैगरी औद्योगिक क्षेत्रमा ३५ दशमलव ४ प्रतिशत, व्यापारिक क्षेत्रमा ७ दशमलव ९ प्रतिशत, अन्य क्षेत्रमा ११ दशमलव ३ प्रतिशत अधिकतम विद्युत् खपत रहेको छ । चालू आवको ८ महीनाको तथ्याङ्कअनुसार नेपालको प्रतिव्यक्ति विद्युत् खपत १ सय ७७ किलोवाट घण्टा रहेको छ, जुन दक्षिण एशियाका मुलुकमध्येकै सबैभन्दा कम हो । विद्युत् उत्पादन, प्रसारण र वितरण चालू आवको ८ महीनामा विद्युत् उत्पादन ७ दशमलव ४ प्रतिशतले वृद्धि भएर १ हजार ४४ दशमलव ६ मेगावाट (मेवा) पुगेको छ । यसमध्ये जलविद्युत्बाट ९ सय ९० दशमलव ५ मेवा रहेको छ । त्यस्तै थर्मल प्लाण्टबाट ५३ दशमलव ४ मेवा, सौर्य ऊर्जाबाट ० दशमलव ७ मेवा उत्पादन रहेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विद्युत् परियोजनाबाट ५ सय ३ दशमलव ४ मेवा र निजी क्षेत्रअन्तर्गतका जलविद्युत् परियोजनाबाट उत्पादित ४ सय ८३ दशमलव २ मेवा राष्ट्रिय ग्रीडमा जोडिएको छ । यस अवधिमा प्राधिकरण तथा उसका सहायक कम्पनीहरूबाट कुल ७ सय १० मेवा क्षमताका ५ आयोजना निर्माणाधीन रहेका छन् । जसको निर्माण सम्पन्न हुने अन्तिम समय २०८० साल रहेको छ । त्यसैगरी, १ सय ३२ तथा अन्य भोल्टेज क्षमताका ६२ ओटा प्रसारण लाइनको निर्माण यस अवधिमा सम्पन्न भएको छ । भारतबाट उक्त अवधिमा १ हजार ८ सय ३४ गिगावाट घण्टा विद्युत् आयात गरिएको छ । जब कि अघिल्लो आवको त्यही अवधिमा २ हजार १ सय ७९ गिगावाट घण्टा विद्युत् आयात गरिएको थियो । सो अवधिमा विद्युत् व्यवस्थापन र चुहावटमा उल्लेख्य सुधार भई लोडशेडिङमा कमी आएको उल्लेख छ । प्रसारणलाइनतर्फ ३ हजार ४ सय ९६ सर्किट किलोमिटर निर्माण भएको छ । हाल विद्युत् उपभोक्ताको सङ्ख्या ३५ लाख ९२ हजार छ भने यसका लागि १ लाख ३५ हजार किमी वितरण लाइनमार्फत् विद्युत् वितरण गरिएको छ । चालू आवमा विद्युत् माग १ हजार ५ सय ८ दशमलव २ मेवा रहेको तथ्याङ्क सर्वेक्षणले देखाएको छ । प्राधिकरणको तथ्याङ्कले भने हालसम्मको विद्युत् माग अधिकतम १ हजार ४ सय मेवासम्म मात्रै रहेको देखाउँछ । यस हिसाबले सर्वेक्षणले चालू आवका बाँकी रहेका ४ महीनाको अवधिमा विद्युत् माग बढ्ने कुराको प्रक्षेपण गरेको बुझिन्छ । त्यसैगरी सर्वेक्षणले विद्युत् माग र आपूर्तिको अन्तर ४ सय ६३ दशमलव ६ मेवा रहेको देखाएको छ । हालसम्म ३० प्रतिशत नागरिकको विद्युत्मा पहुँच पुगेको छैन । दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०३० सम्म सम्पूर्ण नागरिकको पहुँचमा विद्युत् पुर्‍याउन नवीकरणीय/वैकल्पिक ऊर्जाको अंशलाई वृद्धि गरी विश्वव्यापी ऊर्जा दक्षता सुधारको दरलाई दोब्बर गर्न लगानी त्यसतर्पm केन्द्रित गर्नुपर्ने सर्वेक्षणको सुझाव छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)