ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जनता आवास कार्यक्रम : कुल ३ हजार ८ सय ६१ आवास एकाइ निर्माण

May 28, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७४/७५ को प्रथम ८ महीना (साउनदेखि फागुन)सम्ममा विपन्न एवम् लोपोन्मुख समुदायका लागि जम्मा ३ हजार ८ सय ६१ आवास एकाइ निर्माण भएको छ । क्रमागत रूपमा रहेको २१ हजार ४ सय २२ आवास एकाइमध्ये उक्त परिणाममा आवास निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षण २०७४/७५ मा उल्लेख छ । २ हजार ६ सय ९० आवास एकाइको छाना तथा झ्याल ढोकाको कार्य सकिएको छ । ३ हजार २ सय ५० आवास एकाइको गारोको कार्य सम्पन्न भएको छ । २ हजार ६ सय ९८ आवास एकाइको डीपीसी (ड्याम्प प्रूफ कोर्स) लेभलसम्म निर्माण कार्य सम्पन्न हुनुका साथै १ हजार २ सय ५५ आवास एकाइको जग खन्ने कार्य सम्पन्न भएको छ । चालू आर्थिक वर्षको उक्त अवधिसम्ममा जनता आवास कार्यक्रम सञ्चालन हुने काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लाका २५ हजार ७ सय ७५ नयाँ आवास एकाइमध्ये कार्यक्रम लागू हुने ५६ जिल्लाका गाउँपालिका र नगरपालिका छानिएका छन् । २५ आवास एकाइको छाना तथा झ्याल ढोकाको कार्य सकिएको छ । ४१ आवास एकाइको गारोको काम र ३ सय १५ आवास एकाइको डीपीसी लेभलसम्म कार्य सम्पन्न भएको छ । ६ सय १५ आवास एकाइको जग खन्ने कार्य शुरू भएको छ । ढल आर्थिक वर्ष २०७४/७५ को प्रथम ८ महीनासम्म विराटनगरमा ४४ किलोमिटर (किमी) ढलमध्ये ४१ किमीको निर्माण पूरा भएको छ । वीरगञ्जमा ४६ किमीमध्ये ४२ किमी निर्माण भएको छ । सतही ढल निर्माण/सुधारअन्तर्गत जनकपुरमा १५ किमी आरसीसी पाइप लेइङ कार्य सकिएको छ । सिद्घार्थनगरमा ४३ दशमलव ५ किमी ढल निर्माण भएको छ । नेपालगञ्जमा ६० किमी सतही ढल निर्माण तथा सुधार कार्यसमेत गरी कूल २ सय १ किमी ढल तथा नाला निर्माण सकिएको छ । शहरी सडक आर्थिक वर्ष २०७४/७५ को प्रथम ८ महीनासम्म विराटनगरमा ४५ किमी सडकमध्ये ४० किमी ट्र्याक खोली सोको स्तरोन्नति भइरहेको छ । वीरगञ्जमा ११ किमीमध्ये ८ किमी सडक निर्माण भएको छ । त्यस्तै सिद्धार्थनगरमा १० दशमलव ७ किमी सडक निर्माण भएको छ । साथै चालू आवको प्रथम ८ महीनासम्ममा सघन शहरी विकास कार्यक्रमअन्तर्गत तराईका १८ नगरपालिकामा ४ सय ४० किमी सडक र ६ सय ४ किमी ढल निर्माण भएको छ । यस अवधिमा ५ ओटा बसपार्क निर्माण भएका छन् । साथै ६ ओटा हाटबजार, ६ ओटा पोखरी र २ ओटा मनोरन्जन पार्कको निर्माण कार्य शुरू भएको छ । चालू आवको प्रथम ८ महीनामा ७७ जिल्लाका २ सय ६८ ओटा सरकारी कार्यालय भवनको मर्मत कार्य सकिएको छ । उक्त अवधिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको जग्गा विकास कार्यक्रमअन्तर्गत प्रस्तावित बाटो खोली ७ दशमलव ६ किमी सडक ग्राभेल भएको छ । शहरी सडक विस्तारतर्पm १९ दशमलव ४ किमी सडक चौडा पार्ने कार्य सम्पन्न भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)