ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इलाम एयरपोर्ट : परीक्षण उडान आगामी सोमवार

May 29, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले आगामी सोमवार उडान परीक्षण गर्ने तयारी गरेको छ । विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले पानी परेन र मौसमले साथ दिए परीक्षणका लागि तयारी पूरा भएको जानकारी दिए । राजविराज, गुल्मीसँगै इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडानका लागि प्राधिकरणले तयारी गरेको हो । उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । उडान परीक्षणका लागि ताराका पाइलटले विमानस्थलको अवस्था जाँचसमेत गरिसकेका छन् । समयमा विमानस्थल निर्माण सम्पन्न नहुँदा र मौसमका कारण यस विमानस्थलमा हुने भनिएको उडान परीक्षण प्रभावित भइरहेको छ । आयोजना प्रमुख न्यौपानेले यसअघि जेठ ३ गते परीक्षण उडानका लागि तयारी गरिएको तर वर्षाका कारण विमानस्थलमा परीक्षण सम्भव नभएको बताए । प्राधिकरणले गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने बताए पनि मिति भने सारिरहेको छ । गत चैतसम्म परीक्षण उडानको तयारी गर्ने भनिए पनि निर्माण नसकिएकाले पछाडि सरेको बताइएको छ । निर्माण व्यवसायी मोहन गुरुडले विमानस्थल भिरालो र माटो मात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताए । पछिल्लो पटक गत साता नै विमानको परीक्षण उडान गर्ने तयारी गरिएको भए पनि विमानस्थलको प्राविधिक अवस्था निरीक्षण गरेर गएका पाइलट थाइल्याण्ड गएकाले मिति सारिएको आयोजना प्रमुख न्यौपानेको भनाइ छ । आयोजना प्रमुख न्यौपानेका अनुसार ७ सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइ भएको धावनमार्ग यो वर्ष १ करोडमा ठेक्का लागेको थियो । यसका साथै विमानस्थलबाट भलपहिरो गएकाले ढल व्यवस्थापनका लागि ८ करोडमा काम भइरहेको उनले जानकारी दिए । माइखोलादेखि पहिरोको जोखीम कम गर्न आठओटा क्यास्केट र व्यवस्थित नाली निर्माण भइरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)