ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आयकर ५०% सम्म

May 30, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । बजेटमार्फत सरकारले आयकरका दरमा व्यापक परिमार्जन गरेर अधिकतम ५० प्रतिशतसम्म पुर्‍याएको छ । मङ्गलवार प्रकाशित आर्थिक विधेयक २०७५ ले आयकर ऐन–२०५८ को अनुसूची १ संशोधन गर्दै करयोग्य आयको सीमा र करका दरमा परिमार्जन गरेको हो । नयाँ व्यवस्थाअनुसार वार्षिक रू. २० लाखभन्दा बढी आय गर्ने व्यक्तिलाई त्यस्तो बढी आयको ५० प्रतिशतका दरले कर लगाउने व्यवस्था गरेको छ । विधेयकमा वार्षिक करयोग्य आयलाई पाँच वर्गमा विभाजन गरिएको छ । सोअनुसार दम्पतीको हकमा वार्षिक रू. ४ लाखसम्म आय गर्नेले १ प्रतिशत कर तिर्नुपर्नेछ । रू. ४ लाख १ देखि ५ लाखसम्म वार्षिक आय हुनेले थप १ लाखको १० प्रतिशत र ५ लाख १ देखि ७ लाखसम्म आय हुनेले थप २ लाखको २० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था गरेको छ । ७ लाख १ देखि माथि २० लाखसम्म वार्षिक आय हुनेले ७ लाखभन्दा माथिको आयमा ३० प्रतिशत कर तिर्नुपर्नेछ । वार्षिक २० लाखभन्दा बढी करयोग्य आय हुनेले बढी भएजति आयमा थप २० प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने व्यवस्था छ । यसरी नयाँ व्यवस्थाअनुसार वार्षिक २० लाखभन्दा बढी आय हुनेले सो बढी आयको ५० प्रतिशत करका रूपमा राज्यलाई बुझाउनुपर्ने छ । अन्य केकेमा कर बढ्यो ? सरकारले चुरोटमा लाग्ने कर बढाएको छ । चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले सरकारले कर बढाएको हो । उक्त कर स्वास्थ्य जोखीम करका रूपमा असुल गरिनेछ । यसअघि पनि सरकारले चुरोटमा कर वृद्धि गर्दै आएको थियो । त्यस्तै, सवारीसाधन करसमेत बढाएको छ । निजी प्रयोजनका ठूला सीसीका सवारीमा सवारीको इञ्जिन क्षमताअनुसार सरकारले अन्तःशुल्क कर बढाएको हो । गाडी र बाइकको अन्तःशुल्क ४० प्रतिशतसम्म बढाएको छ । यसअघि सबै गाडीमा अन्तःशुल्क ६० प्रतिशत लाग्दै आएको थियो । बजेटले १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत अन्तःशुल्क पु¥याएको छ । बजेटमा ३ हजारदेखि माथिका गाडीलाई सय प्रतिशत अन्तःशुल्क पु¥याइएको छ । बाइकमा समेत डेढ सय सीसीदेखि माथिमा अन्तःशुल्क बढाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)