ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेनो क्याप्चर पोखरामा : बुधवारदेखि बुकिङ खुला

May 31, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पोखरा । रेनो ब्राण्डको बहुप्रतिक्षित एसयूभी क्याप्चरको पोखरामा विक्री शुभारम्भ गरिएको छ । रेनाको पोखरा क्षेत्रको आधिकारिक विक्रेता जोन्छे ट्रेडर्सले क्याप्चर पोखरामा भित्र्याएको हो । विशाल ग्रूपअन्तर्गतको कम्पनी एड्भान्स अटोमोबाइल रेनोका लागि नेपालको आधिकारिक विक्रेता हो । क्याप्चरको बुधवार एक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विक्री शुभारम्भ गरेका हुन् । क्याप्चरको बुधवारदेखि नै बुकिङ खुला गरिएको जोन्छेका निर्देशक नुरज बाटाजूले जानकारी दिए । ‘नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम फिचरसहित आफ्नो सेग्मेण्टमा अब्बल छ,’ उनले भने । पूर्ण स्टनिङ डिजाइनसहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । क्याप्चरमा आकर्षक दोहोरो कलर दिइएको छ । रेनो क्याप्चरको मूल्य ४५ लाख ६३ हजार देखि ६३ लाख ३८ हजार रुपैयाँसम्म पर्छ । यो एसयूभी प्रिमियम फिचरसहित आएकोे कम्पनीका अध्यक्ष राजेन्द्रकुमार बाटाजूले बताए । ‘रेनो क्याप्चरमा एलईडी हेड्ल्याम्प, टेललाइट र डीएलआर लाइट लगाइएको छ,’ उनले भने, ‘अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्परेचर मेण्टेन विथ रियल कुलिङ भेण्ट, स्टेरिङ ह्वील कण्ट्रोल, किलेस इण्ट्री, पुस बटन र अटो क्लाइमेटजस्ता फिर्चस छन् ।’ रेनो क्याप्चर दुई इञ्जिनमा उपलब्ध छन् । यसमा १.५ लिटर दि लिजेण्ड्री के ९ के डिजेल इञ्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्छ । एच ४ के १.५ लिटर पेट्रोल इञ्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्ने निर्देशक अनिल मल्लले जानकारी दिए । ‘रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचरसहित आएको छ,’ उनले भने, ‘यसको पर्फमेन्स अकल्पनीय छ ।’ क्याप्चरमा स्टेट अफ आर्ट टेक्नोलोजीअन्तर्गतको क्रुज कण्ट्रोल, स्पिड मिटर र स्टेरिङ ह्वाइल कण्ट्रोल दिइएको छ । यसको अलावा डुअल एयर ब्याग र एबीएस, ईबीडी, ब्रेक एसिष्टेन्सजस्ता सुरक्षा फिचर रहेको मल्लले बताए । रेनो क्याप्चरले भारतीय बजारमा निकै ठूलो सफलता पाइसकेको छ । नेपाली बजारमा पनि यसले त्यस्तै सफलता दोहोर्‍याउने कम्पनीको विश्वास छ । रेनो क्याप्चरले अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको अध्यक्ष बाटाजूले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)