ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

काठमाडौं–तराई–मधेश द्रुतमार्ग : सुल्झिएन खोकना विवाद

Jun 4, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको क्रममा ललितपुरको खोकनामा देखिएको समस्या अझै सुल्झिएको छैन । २०७२ चैतमा उक्त क्षेत्रको जग्गा अधिग्रहण तथा मुआब्जा वितरणका लागि सरकारले सूचना जारी गरे पनि हालसम्म खोकना समस्या समाधान भएको छैन । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले खोकनामा देखिएको समस्या समाधानका लागि छलफल जारी रहेको जानकारी दिए । उनले भने, ‘खोकनामा देखिएको समस्या अझै समाधान भएको छैन ।’ खोकनाका स्थानीय बासिन्दाले सरकारका परियोजनाहरू चक्रपथ, स्मार्ट सिटी, वाग्मती कोरिडोर, १ सय ३३ केभीए प्रसारण लाइन निर्माणले खोकानाको अस्तित्व नै सङ्कटमा पर्ने बताउँदै आएका छन् । साथै उनीहरूले जग्गाको मुआब्जा समयसापेक्ष हुनपर्ने, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पहललगायत माग राख्दै आएका छन् । यस्तै प्रवक्ता भण्डारीले फाष्ट ट्र्याकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परेका निवेदनमाथि मूल्याङ्कन गरिरहेको बताए । उनले १७ कन्सल्टेन्सी कम्पनीले डीपीआरका लागि निवेदन दिएकोमा १ नेपाली पनि रहेको बताए । फाष्ट ट्र्याकको डीपीआर बनाउने जिम्मा पाएको नेपाली सेनाले डीपीआर निर्माणका लागि गत चैतमा एक्सप्रेशन अफ इण्ट्रेष्ट (ईओआई) माग गरेको थियो । फाष्ट ट्र्याक निर्माणका लागि अहिले १९ निर्माण कम्पनीहरू कार्यक्षेत्रमा खटिएका छन् । यस्तै, आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले फाष्ट ट्र्याकको संशोधित कार्यविधि पास गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)