ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ पुल निर्माणमा बजेट

Jun 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा १४ ओटा पुलका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । उक्त खण्डका ती पुलहरू २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उनले जानकारी दिए । सोमवार नेपाल चेम्बर अफ कमर्शका अधिकारीसँगको भेटमा मन्त्री महासेठले मुग्लिङ–नारायणगढमा देखिएको समस्या छिटै समाधान गरिने जिकिर गरे । उनले देशमा अब विद्युतीय सवारीसाधनको प्रयोग तथा विस्तारमा जोड दिने बताए । नागढुङ्गा–नौबीसे सुरुङ मार्ग, उत्तरी नाका केरुङसम्मको सडक स्तरोन्नति र त्रिपुरेश्वर–माइतीघर आकाशेमार्ग (फ्लाइओभर) निर्माणको काम छिटै अघि बढाउने उनले दाबी गरे । काठमाडौं–तराई दु्रतमार्ग (फाष्ट ट्र्याक)लाई काठमाडौं उपत्यकाको बाहिरी चक्रपथसँग जोडेर पूर्वाधारको पहुँचलाई थप व्यवस्थित र सहज बनाउने उनको भनाइ छ । सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको व्यापारघाटा कम गर्ने र वातावरण स्वच्छ कायम गर्ने उपयुक्त माध्यम विद्युतीय गाडीहरू भएको बताए । उनले देशको विकास र समृद्धिसँग जोडिएको नागढुङ्गा–नौबीसे खण्ड र मुग्लिङ–नारायणगढ खण्डको यथाशीघ्र स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)