ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक उड्डयन क्षेत्र : नीतिगत सुधार, पूर्वाधार र जनशक्ति विकासमा जोेड

Jun 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रमा सुझाव दिन गठन गरेको विज्ञ समूहले नीतिगत सुधार, जनशक्ति तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएको छ । मन्त्रालयले सोमवार आयोजना गरेको नेपालको हवाई यातायात क्षेत्रको पुनःसंरचनाका लागि गरिनुपर्ने पहल विषयक कार्यशालामा विज्ञहरूले विश्वव्यापी नागरिक उड्डयन क्षेत्रअनुरूपका नीतिगत व्यवस्था, जनशक्ति तथा पूर्वाधार विकासमा जोड दिन सुझाव दिएका हुन् । अन्तरराष्ट्रिय हवाई उड्डयन सङ्गठन (आईकाओ)ले सन् २०३५ सम्ममा अहिलेको हवाई चाप दोब्बर हुने प्रक्षेपण गरेको सन्दर्भमा एशिया क्षेत्रमा हवाई चाप बढिरहेकोले अहिलेदेखि नै तयारी गर्न आवश्यक भएको विज्ञ समूहको भनाइ छ । नेपालमा राजनीतिक स्वार्थपूर्तिका लागि नेताहरूले आआफ्नो जिल्ला वा पायक पर्ने ठाउँमा विमानस्थल बनाउने गरेको उल्लेख गर्दै समूहले व्यावसायिक ढङ्गले सञ्चालन गर्न कठिन ठाउँहरूमा विमानस्थल बनाउन रोक्नुपर्ने सुझाव दिएको छ । समूहले आईकाओको ८ ओटा सुरक्षा चासोमध्ये नेपालले ४ ओटामा राम्रो गरे पनि अरू ४ ओटा क्षेत्रमा सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यक रहेको औल्याएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विज्ञका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्री तथा नेपाल कानून आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले हवाई यातायात क्षेत्रको पुनःसंरचनाका लागि मण्ट्रियल कन्भेन्सन तथा केपटाउन नभेन्सन लागू गर्नुका साथै आन्तरिक नीतिगत सुधार आवश्यक भएको बताए । आईकाओका पूर्वक्षेत्रीय प्रमुख ललितविक्रम शाहीले नागरिक उड्डयन क्षेत्रको विकासका लागि दीर्घकालीन सोच आवश्यक भएको बताए । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले लामो समय उड्डयन क्षेत्रमा काम गरेका विज्ञहरूको सुझाव यस क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण हुने धारणा राखे । मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुझावलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन तहमा लैजाने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राधिकरण आईकाओको मापदण्डलाई अनुशरण गर्दै सधैं उड्डयन सुरक्षाका विषयमा गम्भीर रहेको बताए । नागरिक उड्डयन क्षेत्र सुधारका लागि विज्ञको सुझाव
  • नीतिगत सुधार तथा मण्ट्रियल र केपटाउन कन्भेन्सन लागू गर्नुपर्ने
  • व्यावसायिक रूपमा सम्भव नभएका ठाउँमा विमानस्थल नबनाउने
  • सञ्चालनमा रहेको विमानस्थललाई आत्मनिर्भर बनाउने
  • हवाई सुरक्षा सुदृढीकरण
  • उड्डयन क्षेत्रलाई समग्र आर्थिक क्रियाकलापका रूपमा हेर्नुपर्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)