ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘देशको समृद्धिमा ईसीडीको भूमिका महत्त्वपूर्ण’

Jun 6, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । देशको विकास र समृद्धिमा प्रारम्भिक बालविकास (ईसीडी)को भूमिका महत्त्वपूर्ण रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मङ्गलवारदेखि राजधानीमा शुरू भएको एशिया प्रशान्त क्षेत्रीय बालविकास (आर्नेक) सम्मेलन–२०१८ को उद्घाटन समारोहमा उनले भने, ‘प्रारम्भिक बालविकास नेपाल सरकारको उच्च प्राथमिकतामध्ये एक हो । सङ्घीय संरचनासहित नयाँ अध्यायमा प्रवेश गरेको हाम्रा लागि विकास र समृद्धिको उद्देश्य प्राप्तिमा गुणस्तरीय प्रारम्भिक बालविकासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ यससँगै बसेको तेस्रो एशिया–प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा एशिया–प्रशान्त क्षेत्रका विभिन्न ४० देशका नीति निर्माता, उच्च अधिकारी, विकास नियोगका पदाधिकारी, अनुसन्धानकर्ता साथै प्रारम्भिक बालविकास, हेरचाह र शिक्षाका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि सहभागी छन् । यस पटकको सम्मेलनले सम्बन्धित देशहरूमा दिगो विकास लक्ष्य हासिल गर्न बहुपक्षीय ईसीडीसम्बन्धी कार्यक्रमहरूमा लगानी र क्षमता विस्तारमा जोड दिइएको छ । ‘अनुसन्धानमा आधारित प्रमाणहरू तथा प्रयोगात्मक अनुभवहरूले कार्यक्रमहरूको सफल कार्यान्वयन र दिगो विकास लक्ष्यहरू हासिल गर्न बहुक्षेत्रीय रणनीतिको महत्त्वलाई स्पष्ट पारेका छन्,’ आर्नेक सञ्चालक समितिका अध्यक्ष डा. शेल्डन शेफरले भने, ‘नीति मञ्चसँगै संयुक्त रूपमा आयोजित यो सम्मेलन सम्बन्धित क्षेत्र र बाहिर पनि सफलता सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ ।’ नेपालका प्रारम्भिक बाल्यावस्थाका बालबालिकामध्ये ८४ प्रतिशतको पहुँचमा ईसीडी पुगेको सरकारको तथ्याङ्क छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)