ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्पन्न हुँदै ‘एक घर : एक धारा’ आयोजना

Jun 6, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
सल्यान । सल्यानको शारदा नगरपालिका–७ कजेरीमा ‘एक घर : एक धारा’ आयोजना सम्पन्न हुने चरणमा छ । डौघरे खिरनेटा खानेपानी आयोजनामार्फत रकला र लखुडाँडा गाउँका २९ घरमा मिटरसहित धारा जडान सम्पन्न हुन लागेको हो । खानेपानी र सरसफाइ कार्यालयले पहिलो खानेपानी आयोजना कजेरीमा सम्पन्न गर्न लागेको खानेपानी डिभिजन कार्यालय, सल्यानका प्रमुख गुणनिधि पोख्रेलले बताए । ‘कार्यालयको तर्फबाट नगरपालिकामा यो आयोजना पहिलो हो,’ उनले भने । आयोजनाअन्तर्गत ६ हजार लिटर क्षमताको पानी ट्याङ्की, ३ हजार मिटर पाइपलाइन रहनेछ । खानेपानी मुहान ट्याङ्कीभन्दा २ हजार ५ सय मिटर टाढा छ । खानेपानी आयोजना निर्माणले स्थानीय बासिन्दा लाभान्वित हुने वडाध्यक्ष लीलाबहादुर रोकाले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १२ लाख र स्थानीयको जनश्रमदान गरी १७ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न हुन लागेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)