ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रियल स्कूल अफ नेपाल : बिर्तामोडबाट फाइनलमा छानियो टावर टेम्पल

Jun 7, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’अन्तर्गतको पहिलो क्षेत्रीय फाइनल पूर्वाञ्चलको बिर्तामोडमा सम्पन्न भएको छ । बुधवार सम्पन्न प्रतियोगिताबाट टावर टेम्पल सेकेण्डरी स्कूल विजयी भई राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ । विद्यालयका सवल खड्का, संस्कार बस्नेत, फन्जङ लिम्बू, सबिना रनपहैली, टीकाहाङ लिम्बू र सुजन विकेले राष्ट्रिय फाइनलमा अन्य क्षेत्रीय फाइनलका विजयीसँग प्रतिस्पर्धा गर्ने डाबर नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजित गरी विभिन्न प्रतियोगिता गराइएको थियो, जसमध्ये सिनियर समूहतर्फ एक्सटेम्पोरमा सूर्योदया इङ्गलिस बोर्डिङ स्कूलकी रोशनी कार्की, डान्समा लिटल फ्लावर इङ्गलिस स्कूलका आर्देनहाङ लिम्बू तथा फूटबल जगलिङमा लक्ष्मी सेकेण्डरी स्कूलका निशान निरौला विजयी बने । त्यस्तै, जुनियर समूहतर्पm पेण्टिङमा नशेस सव, सूर्योदया इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कूलका नशेष सव, (थ्री) ३ मिनेट टु फेममा श्री पशुपति इङ्गलिस सेकेण्डरी स्कूलका अङ्कित राई र स्कोर दि रियल गोलमा वाल्मीकि एडुकेशन फाउण्डेशनका सुमन खडरिया विजयी भएको डाबर नेपालले जानकारी दिएको छ । अब प्रतियोगिताको दोस्रो क्षेत्रीय फाइनल प्रतियोगिता आगामी शुक्रवार पूर्वाञ्चलको विराटनगरमा हुनेछ । यसैबीच, कम्पनीले प्रतियोगिताकै अवसरमा विगत २ वर्षदेखि दिँदै आएको २५ हजार रुपैयाँबराबरको छात्रवृत्ति बिर्तामोडबाट छात्रतर्फ विशालकुमार शाह र छात्रातर्फ सन्ध्या ढकाललाई प्रदान गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)