ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ देखि

Jun 13, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले असार ३ गतेदेखि २ दिने अन्तरराष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन–२०१८ आयोजना गर्न लागेको छ । क्यानले यसअघिका १७औं संस्करणसम्म आईसीटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रूपमा अघि बढाइरहेकोमा यस वर्षदेखि अन्तरराष्ट्रिय विज्ञ–विशेषज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रम आयोजना गर्न लागेको हो । ‘स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य’ नारा दिइएको आईसीटी कन्फ्रेन्समा सरकारको पनि सहभागिता रहनेछ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना प्रविधिको प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र आगामी आवको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग तथा विस्तारसम्बन्धी विषय कार्यान्वयनबारे जानकारी दिनेछन् । त्यस्तै चीन, भारत, मलेसिया, सिङ्गापुर, श्रीलङ्का, बङ्गलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)का विषयगत विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । आईसीटी कन्फ्रेन्समा विशेषज्ञले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाकाबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै, सूचना प्रविधिका विज्ञ, नेपाल सरकारका प्रतिनिधि, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञको सहभागितामा समूहगत उच्चस्तरीय छलफलसमेत हुनेछ । शहरी विकास मन्त्रालयअन्तर्गत स्मार्ट सिटीको माष्टर प्लान बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना प्रविधिसँग सम्बन्धित योजना तर्जुमा गरी सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजनासमेत रहेको छ । ललितपुरको होटल हिमालयमा हुने सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), यूएनडीपी, नेपाल पर्यटन बोडर्, सूचना प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय संस्था एएसओसीआईओ, विट्सा, क्यान यूएसए र माइक्रोसफ्टको सहयोग रहनेछ । कार्यक्रमको मुख्य प्रायोजक सुबिसु केबल नेट रहेको छ भने सहप्रायोजकमा मोटोरोलाको विक्रेता लाइफकम प्रालि रहेको छ । त्यस्तै, सम्मेलनलाई योमरी, ईसेवा, हुवाबे, वर्ल्ड लिङ्क, भायनेट, मर्कण्टायल, म्याक्स कनेक्ट, डिजिकम, इन्फो डेभलपर्स, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी), शास्त्र नेटवर्क, एक्सेस वल्र्ड, लर्डबुद्ध एजुकसेन फाउण्डेसन र सारथीको प्रत्यक्ष सहयोग रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)