ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१३ होम स्टे गाउँमा सोलार वितरण

Jun 18, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
बेँशीशहर । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले होम स्टे गाउँमा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १३ गाउँलाई सोलार बत्ती वितरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा २ सय सोलार प्यानल वितरण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । एउटा होम स्टे गाउँमा २० देखि २५ ओटाका दरले सोलार वितरण गरिएको उनले जानकारी दिए । ‘एउटा सोलार प्यालनलको २६ हजार रुपैयाँ जति मूल्य पर्छ,’ अध्यक्ष गुरुङले भने, ‘सबै अनुदानमा उपलब्ध गराएका हौं ।’ सोलार जडान खर्च भने होम स्टे गाउँले नै व्योहोर्ने भएको छ । गाउँपालिकाका एउटाबाहेक सबै वडामा कम्तीमा एउटा र बढीमा तीनओटा होम स्टे सञ्चालित छन् । गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार मस्र्याङ्दीका घनपोखरा, सिउरुङ, ढगैं, छापा, मिप्रा र भुस्मेमा होम स्टे कार्यान्वयनमा आइसकेका छन् । यी गाउँमा करीब ८० घरमा होम स्टे सञ्चालित छन् । अन्य गाउँमा शुरुवाती समयमा तत्काल १ सय घरमा होम स्टे सञ्चालन गर्न सकिने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाकाअनुसार होम स्टे सञ्चालन गर्न चाहनेलाई शुरूमा तालीम र भौतिक सामग्री जुटाउन सहयोग गर्ने गरिएको छ । होम स्टे प्रवद्र्धनका लागि चालू आवमा १० लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)