ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुण्डाईको आई ट्वेण्टी एक्टिभा फेसलिफ्ट बजारमा

Jun 21, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाईको आई ट्वेण्टी एक्टिभा फेसलिफ्ट–२०१८ को नेपालमा विक्री शुरू गरेको छ । गत मे महीनामा भारतमा लञ्च भएको यो मोडेल नेपाली बजारमा बहुप्रतीक्षित रहेको कम्पनीले जानकारी दिएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इण्टरकण्टिनेण्टल रहेको छ । नयाँ हुण्डाईको आई ट्वेण्टी एक्टिभाकोे बाहिरी आवरण छरितो हुनुका साथै भित्री डिजाइनमा पनि उपभोक्तालाई सहज हुने गरी बनाइएको छ । यसमा बाहिरी लुकलाई राम्रो बनाउन बडी क्लेडिङ र रूफ रेल्सजस्ता विशेषता रहेको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई ट्वेण्टी एक्टिभालाई जस्तै ग्राहकले रुचाउने कम्पनीले विश्वास लिएको छ । सुरक्षाका लागि यसमा एबीएस र एयरब्याग्सजस्ता विशेषता रहेको छ । प्रिमियम फिचरका रूपमा पछाडि देखिने क्यामराका साथै पार्किङ सेन्सर पनि राखिएको छ । उत्कृष्ट र सफा डिस्प्लेका लागि यसमा राम्रो टच भएको इन्फोटेन्मेण्ट सिस्टम छ । आई ट्वेण्टी एक्टिभा वेस र एस गरी दुई भेरियण्टमा उपलब्ध छ । जसको क्रमशः ३३ लाख ९६ हजार र ३७ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । सन् २००९ मा स्थापित भएदेखि लक्ष्मी इण्टरकण्टिनेण्टलले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा दिँदै आएको छ । हाल हुण्डाईले १३ डिलर र सर्भिस सेण्टरसहित सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड बनाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)