असार १०, काठमाडौं (अस) । साताको पहिलो दिन नेप्से परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेर बन्द भएको छ । कारोबार भएको ५ मिनेट थोरै अङ्कले बढेको बजार सो पछि एक घण्टासम्म घटेको थियो । १ हजार २ सय १७ विन्दुबाट बढ्न शुरु गरेको बजार १ हजार २ सय २७ विन्दुमा पुगेपछि पुनः घट्न थालेको हो । कारोबार बन्द हुने अन्तिम १० मिनेटमा बजार १ दशमलव ३५ अङ्कले बढेर १ हजार २ सय १९ दशमलव ८१ विन्दुमा पुगेर बन्द भएको छ ।
कारोबार भएका नौ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । वित्त समूह, उत्पादन तथा प्रशोधन, बीमा, बैङ्किङ, विकास बैङ्क समूहको परिसूचक बढेको छ भने चार समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ६७ कम्पनीको ३ हजार २ सय ३५ कम्पनीको ७ लाख ५० हजार ९ सय २६ कम्पनीको रू. २० करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनको म्यानुअल कारोबार रू. ४ लाख ७३ हजार रहेको छ ।
नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रू. २ करोड बराबरको भएको छ । दोस्रो ओम डेभलपमेण्टको रू. १ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । आरम्भ माइक्रोफाइनान्सको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशतले बढेको छभने नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ९ दशमलव ५८ प्रतिशतले घटेको छ ।
यस दिन वित्त समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । ६ सय १३ दशमलव १८ विन्दुदेखि शूरु भएको कारोबार दोस्रो घण्टामा घटेर ६ सय ११ विन्दुमा पुगेको थियो । सो विन्दुपछि बढेको नेप्से अन्त्यमा ३ दशमलव ४५ अङ्कले बढेर ६ सय १६ विन्दुमा पुगेर बन्द भएको छ । यस समूहमा पर्ने जेविल्स फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स लगाएत मञ्जुश्री फाइनान्सको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक बढ्न पुगेको हो ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशतले घट्न पुगेको छ । यस समूहको चार्टलाई हेर्दा शेयर मूल्य उतारचढावमा रहेको देखिन्छ । १ हजार ५ सय ९ विन्दुदेखि शुरु भएको कारोबार १५ मिनेटमा घटेर १ हजार ५ सय ३ विन्दुमा पुगेको थियो । सो पछि तेस्रो घण्टामा बढेर १ हजार ५ सय १५ विन्दुसम्म पुगेको हो । तर अन्त्यमा ७ दशमलव ३७ अङ्कले घटेर १ हजार ५ सय ३ विन्दुमा पुगेर बन्द भएको छ ।