ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरको बजेट ७५ करोड

Jun 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
दोलखा । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ७० लाख ३४ हजारको बजेट पेश गरेको छ । नगरसभाको बजेट अधिवेशनमा आइतवार नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बजेट पेश गरेकी हुन् । प्रस्तावित बजेटमा चालूतर्फ ४१ करोड ८५ लाख तथा पूँजीगततर्र्फ ३३ करोड ७० लाख तथा वित्त व्यवस्थापनतर्फ १५ लाख विनियोजन गर्ने प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार निर्माणतर्फ नगरपालिकाले सबैभन्दा बढी रकम सडक पूर्वाधार विकासमा खर्र्च गर्ने गरी विनियोजन गरिएको छ । प्रस्तावित बजेटमा नगरपालिकाले आन्तरिक स्रोतबाट २ करोड परिचालन गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १७ करोड ११ लाख, सशर्त अनुदान २३ करोड ९१ लाख तथा राजस्व बाँडफाँटबाट ७ करोड २१ लाख ६६ हजार प्राप्त हुनेछ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८१ लाख ६ तथा सशर्त अनुदानबाट ३ करोड रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा आयोजना कार्यान्वयनमा उत्कृष्ट भएको वडालाई १५ लाख पुरस्कार दिने प्रस्ताव गरिएको छ । करदातामध्येबाट उत्कृष्ट करदाता घोषणा गरी पुरस्कार दिने व्यवस्था पनि गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)