ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रायोजकको विचार

Jun 26, 2018  
न्यूबिज बिजनेश स्कूल अवार्ड २०१८
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैङ्किङ क्षेत्रले अवार्डलाई नजिकबाट नियालिरहेको छ सोमेश्वर सेठ प्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैङ्क यस्तो प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक न्यू बिजनेश एज प्राइभेट लिमिटेडलाई धन्यवाद । न्यूबिज बी–स्कूल रेटिङ र्‍याङ्किङ अवार्डलाई बैङ्किङ क्षेत्रले नजिकबाट नियालिरहेको छ । भोलिका बैङ्कहरूले अवार्ड प्राप्त कजेलबाट डिग्री हासिल गर्ने युवाको सेवा लिने हुँदा यो अवार्ड बैङ्किङ क्षेत्रका लागि महत्त्वपूर्ण छ । कर्मचारी पाउन बैङ्किङ क्षेत्र बिजनेश कलेजहरूमा निर्भर रहेको छ । इण्टर्न्स र विभिन्न गतिविधिमा संलग्न हुँदा बैङ्क र कलेज दुवैलाई फाइदा पुग्ने भएकाले पनि बैङ्किङ क्षेत्रले अवार्डलाई महत्त्व दिइरहेको हो । कलेजहरूले बैङ्किङ क्षेत्रका विज्ञ र विद्यार्थीबीच नियमित छलफल र अन्तरक्रियाको आयोजना गर्नुपर्छ । अवार्ड प्राप्त कलेजका विद्यार्थी हाम्रामा काम गरिरहेका छन् र आगामी दिनमा अवार्ड पाउने कलेजका बढीभन्दा बढी विद्यार्थीलाई रोजगारी दिन सक्छौं भन्ने हामीले आशा लिएका छौं । कलेज र विद्यार्थीका लागि प्रेरणा दिएको छ जोन रोड्रिग कण्ट्री म्यानेजर ओमान एयर कार्यक्रमले विद्यार्थी तथा व्यवस्थापन कलेजका लागि प्रेरित गर्ने काम गरेको छ । अवार्डले उनीहरूलाई आगामी दिनमा उत्कृष्ट कार्य गर्दै जाने प्रेरणा दिएको छ । हाल हामीले बिजनेश स्कूलसँग निकटतम रूपमा कार्य गरेका त छैनौं । तर, व्यावसायिक संस्थासँग सहकार्य गर्ने योजनामा भने छौं । आयोजकले उनीहरूको मूल्याङ्कन गर्ने भएकाले यस कार्यक्रमले बिजनेश कलेजबारे केही आइडिया त दिएको छ । बिजनेश स्कूलहरूले व्यावसायिक उद्योगको आवश्यकताअनुरूप नै विद्यार्थीलाई शिक्षा दिन बढी जोड दिनुपर्छजस्तो लाग्छ । यस्तो गरियो भने बैङ्किङ क्षेत्र तथा बिजनेश स्कूल दुवै लाभान्वित हुन्छन् । बिजनेश स्कूल र कर्पोरेट हाउसले संयुक्त रूपमा विद्यार्थीलाई लाभ हुने खालका विभिन्न कार्यक्रमको आयोजना पनि गर्न सक्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)