आर्थिक अभियान
एसईईको परीक्षा प्रकाशित हुने समयमा नजीकिँदै गर्दा बिजनेश स्कूलको नाममा अवार्ड वितरण गर्नु विद्यार्थी आकर्षणको माध्यम हो कि भन्ने मेरो बुझाइ थियो । तर, यहाँ आएर बुझ्दा त्यसो होइन रहेछ । यो एमबीए, बीबीएलगायत बिजनेश कलेजलाई प्रोत्साहन कार्यक्रम भएको थाहा पाउँदा खुशी लाग्यो । र्याङ्किङका आधारमा न्यू बिजनेश एज प्रालिबाट पुरस्कृत सबैलाई बधाई छ । र्याङ्किङ हुनु ठूलो विषय होइन, तर यसको स्तर दिगो रूपमा जोगाइराख्नु महत्त्वपूर्ण हो । र्याङ्कमा पुरस्कार प्राप्त गरेका कलेजले सोही आधारमा काम गर्न सकून् । सन् १५०० मा स्थापना भएको अक्सफोर्ड युनिभर्सिटी अहिलेसम्म आइपुग्दा क्याम्ब्रिजको तुलनामा र्याङ्क तलमाथि भएको छैन ।
अन्तरराष्ट्रियस्तरमा पनि शैक्षिक क्षेत्रको र्याङ्क छ । तर, हामी त्रिभुवन युनिभर्सिटीलाई १ हजारभित्र पनि पार्न सक्तैनौं । त्यसैले, अहिले बिजनेश स्कूल अवार्ड पाएका कलेजहरूको र्याङ्क २ वा ३ मा नघटोस्, यो स्तर कायमै होस् । हाम्रो देशमा सरकारी तहबाटै विश्वविद्यायको आफ्ना सम्बन्धन प्राप्त, अनुमति दिएका कलेजहरूको विश्वविद्यालय अनुदान आयोगले पनि यस्ता खालका र्याङ्किङ गर्ने हो भने आम जनमानसलाई थाहा हुन्थ्यो । यहाँ निजी सङ्घसंस्थाले यस्तो कार्यक्रमको चलन बसालेका छन् । अब यस्तो जानकारी दिन सरकारी कार्यालयले र्याङ्किङ गर्नुपर्छ । शिक्षकले पनि कुन विद्यार्थी कुन र्याङ्कमा छ भन्ने थाहा पाउनुपर्छ । मलेशियामा र्याङ्किङको व्यवस्था छ । यसका लागि त्यहाँ औपचारिक खालका कार्यक्रम चलाइन्छ । नेपाल सरकारले पनि यस्तो कार्यक्रम गर्दा राम्रो हुन्छ । म अब यसबारे कुरा उठाउँछु ।