ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्साह भर्ने प्रयास

Jun 26, 2018  
न्यूबिज बिजनेश स्कूल अवार्ड २०१८
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
[caption id="attachment_236412" align="alignleft" width="200"] मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश
एज प्रालि[/caption] न्यूबिज बिजनेश स्कूल रेटिङ–र्‍याङ्किङ अवार्ड–२०१८ ती व्यवस्थापन कलेजहरू, जसले नेपाललाई भोलिका लीडरहरू अर्थात् भोलिका लागि उत्कृष्ट व्यवस्थापक र नयाँ उद्यमी उत्पादन गरिरहेका छन्, तिनलाई सम्मान गर्ने र उत्साहित गर्ने कार्यक्रम हो । प्राकृतिक स्रोतले सम्पन्न भएर पनि योग्य व्यवस्थापकको अभावमा विकासको दृष्टिले देश पछि परेकोमा कुनै शङ्का छैन । यस किसिमको रेटिङ–र्‍याङ्किङ अवार्डमा हुनैपर्ने विश्वसनीयता र निष्पक्षताको महत्त्वलाई हामीले राम्रैसँग बुझेका छौं र सोहीअनुरूप इमानदारीपूर्वक यसका लागि चाहिने व्यावसायिकता, निर्णायक मण्डलका सदस्यको स्वतन्त्रता, आवश्यक तथ्य र तथ्याङ्क सङ्कलन आदिजस्ता कुरामा मेहनत र विशेष ध्यान दिएका छौं । संसारका उत्कृष्ट अभ्यास र मूल्याङ्कनका मापदण्डहरूलाई सकेसम्म हाम्रो सन्दर्भमा प्रयोग गरेर यो रेटिङ–र्‍याङ्किङ अवार्डलाई उचित मूल्याङ्कन गरिएको छ भन्ने हामीलाई लाग्छ । भलै कुनै पनि निर्णय सधैं शतप्रतिशत ठीक निस्कन्छ भन्न सकिन्न । यो हरेकपल्ट सुधार गर्दै जाने विषय पनि हो । १ वर्षको अध्ययन र मूल्याङ्कनपछि काठमाडौं तथा प्रदेशका गरी करीब २५ जनाको समूहले यसलाई यो अवस्थामा ल्याइपु¥याएको हो । व्यवस्थापन विषयमा पढाइ हुने देशभरका १ हजार २ सय ७४ ओटा कलेजको सूचीका साथ यो छनोट प्रक्रिया शुरू भएको थियो । त्यसमध्येबाट बीएचएम, बीबीए, बीबीएस, एमबीएस र एमबीएबाट उत्कृष्ट १०/१० ओटा अर्थात् टपटेनमा पर्न सफल कलेजलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । त्यसमध्ये ६ ओटा कलेजलाई प्रमाणपत्रका साथै ट्रफीसहित सम्मान गरिएको छ । साथै, ३ नम्बरबाहेक ६ ओटा प्रदेशका उत्कृष्ट ६ कलेज र देशभरबाट ६ उत्कृष्ट पब्लिक कलेजहरूलाई पनि प्रमाणपत्रका साथै ट्रफीद्वारा सम्मान गरिएको छ । हामी व्यवस्थापन कलेजका ती तमाम सञ्चालक, शिक्षक र यससँग सम्बन्धित सबैलाई उहाँहरूको लगन, मेहनत र प्रतिबद्धताको निम्ति हार्दिक सम्मान व्यक्त गर्दछौं । हामीले कलेजहरूले अझ राम्रा व्यवस्थापकहरू उत्पादन गरून्, देशले अझ राम्रा लिडर पाउन सकोस् भनेर केही आशा र उत्साह भर्ने प्रयास मात्र गर्न खोजेका हौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)