ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अण्डामा बिचौलियाको बिगबिगी

Jun 27, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चितवन । अण्डामा बिचौलियाको बिगबिगीका कारण कृषक एवम् उपभोक्ता मारमा परेका छन् । नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा चर्को मूल्य तिरेर उपभोक्ताले अण्डा उपभोग गर्नु परेको छ । सङ्घले ठूलो अण्डा प्रतिफार्मको मूल्य २ सय ७० रुपैयाँ र सानो अण्डाको प्रतिक्रेट १ सय ५० रुपैयाँ कायम गरेको छ । तर, बिचौलियाले सानो अण्डा प्रतिक्रेट २ सय ७० रुपैयाँमा बेच्ने गरेका छन् भने ठूलो अण्डा ४ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । अण्डा अत्पादक सङ्घ केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले कृषक र उपभोक्ताबीचको अन्तरलाई हेर्दा बिचोलियाले निकै मुनाफा पाउने गरेको बताए । बजारलाई नियन्त्रण गर्न नसक्दा उपभोक्ता मारमा परेको कँडेलको भनाइ छ । जिल्लामा नियमित अनुगमन हुने गरेको भए पनि अनुगमन खासै प्रभावकारी नभएको उनको गुनासो छ । अण्डा प्रतिगोटा पाँचदेखि नौ रुपैयाँ परे पनि उपभोक्तासम्म पुग्दा १५ रुपैयाँ पर्ने गरेको छ । अण्डा उत्पादक कृषकबाट उपभोक्तासम्म आइपुग्दा पाँचौं तह पार गरी आउने भएकाले मूल्यमा वृद्धि भएको हुन सक्ने दाउन्ने ट्रेडर्सका विनोद पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार कृषकको फार्मबाट सप्लायर्स, सप्लायर्सबाट सेल्स डिष्ट्रिब्युटर्स हुँदै होलसेलर, सेल्समेन, पसल र उपभोक्तामा पुग्छ । सानो र ठूलो अण्डाको मूल्य फरकफरक भए पनि बिचौलियाले सानो र ठूलो अण्डा एकै ठाउँमा मिसाएर बेच्ने गरेको उपभोक्ताको गुनासो छ । सङ्घको तथ्याङ्कअनुसार नेपालमा १५ हजारभन्दा बढी अण्डा उत्पादक कृषक रहेका छन् र दैनिक करीब २८ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)