ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वाधारमा लगानी बढाउन आग्रह

Jun 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । एशियाको पूर्वाधार विकासमा लगानी बढाउन अर्थमन्त्री डा. युवराज खतिवडाले एशियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)लाई आग्रह गरेका छन् । भारतको मुम्बईमा हालै सम्पन्न एआईआईबीको तेस्रो वार्षिक बैठकमा उनले एशियाली मुलुकमा पूर्वाधार विकासका निम्ति बैङ्कले ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । पूर्वाधार विकासअघि व्यवस्थित शहरीकरणको अवधारणा आवश्यक रहेको बताउँदै डा. खतिवडाले नेपालमा लगानीको बाटो खुलेको समेत जानकारी गराए । बैठकअघि उनले बैङ्कका अध्यक्ष चिन लिछुनसँग भेट गरेका थिए । सो क्रममा माथिल्लो तामाकोशी–५ आयोजनामा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाले आग्रह गरेका थिए । उनले नेपालमा रेलवे, द्रुतमार्ग, पर्यटकीय पूर्वाधार योजना, जलविद्युत् आयोजनामा लगानी बढाउन नेपाल सरकारले बैङ्कलाई आग्रह गर्दै प्रस्ताव पेश गर्न लागेकोसमेत बताए । बैङ्कले मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार्ने उद्देश्यले आयोजनाको प्रस्ताव तयार गर्न प्राविधिक सहायता गर्ने भएको छ । त्यसका लागि रू. १० लाखबराबरको अनुदान दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र बैङ्कका उपाध्यक्ष डा. जोचिम वान अम्सबर्गले हस्ताक्षर गरे । सो अवसरमा राजस्वसचिव शिशिर ढुङ्गानाले बैङ्कका अर्का उपाध्यक्ष डा. डीजे पाण्डियानसँग भेट गरेका थिए । पाण्डियानले तामाकोशी–५ मा लगानी गर्न बैङ्क सकारात्मक रहेको बताए । नेपालमा लगानी बढाउन आवश्यक प्रस्ताव पेश गर्नेबारे द्विपक्षीय छलफलसमेत भएको थियो । बैठकले एशियाको दु्रत आर्थिक विकासका निम्ति पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको निष्कर्ष निकाल्दै निजीक्षेत्रसँग सहकार्य गरेर जाने र लगानी बढाउने निर्णय गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)