ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अन्तरराष्ट्रिय गभर्नर्स सम्मेलन : डिजिटल भुक्तानी प्रणाली बलियो बनाउन बहस

Jun 28, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । अन्तरराष्ट्रिय गभर्नर्स सम्मेलनको पहिलो दिन बुधवार ‘सार्कक्षेत्रमा डिजिटल भुक्तानी प्रणाली बलियो बनाउन साधारण प्लेटफर्मको विकास’ कसरी गर्ने भन्नेबारे छलफल भएको छ । राष्ट्र बैङ्कले सार्क र आसपासका देशको गभर्नरको सहभागितामा १४औं सार्क फाइनान्स गभर्नर्स सिम्पोजियमअन्तर्गत यस्तो छलफल गरेकोे हो । सम्मेलनको उद्घाटन अर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले गरेका थिए । सम्मेलनको पहिलो दिन सार्क फाइनान्सका सदस्यले केन्द्रीय बैङ्कहरूबाट उक्त संगोष्ठीका विषय (सिम्पोजियम थिम)मा कार्यपत्र प्रस्तुत गरेको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । कार्यपत्र प्रस्तुतिपछि सहभागीबीचको युनियन स्थायी प्राविधिक समिति बैठक दक्षिण एशियामा हुने क्रशबोर्डर रेमिट्यान्सलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य मुलुकहरूका गभर्नर र अर्थसचिव सदस्य रहेको सार्क फाइनान्सको उक्त बैठकमा सदस्य मुलुकहरूको आपसी हितका बारेमा छलफल चल्ने उनले जानकारी दिए । सम्मेलनको दोस्रो दिन (आज) सहभागी बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यान्मार, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य रहेका एशियन क्लियरिङ युनियनको बैठकमा सदस्य मुलुकहरूबीच हुने व्यापारिक कारोबारको भुक्तानी तथा सेटलमेण्टसम्बन्धी सहजीकरण र व्यवस्थापनमा छलफल हुने बताइएको छ । एशियन क्लियरिङ युनियनको ४७औं बोर्ड अफ डिरेक्टर्स बैठक तथा ३६औं सार्क फाइनान्स समूह बैठक १५ गतेसम्म चल्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)