ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

थोरै बढेको बजारमा शेयर विक्री गर्न लगानीकर्ता आतुर

Jul 2, 2018  
समाचार लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

असार १८, काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर बन्द भएको छ । १ हजार १ सय ८४ विन्दबाट शुरु भएको कारोबार एक घण्टाको बीचमा घटेर १ हजार १ सय ७४ विन्दुसम्म पुगेको थियो । सो पछि एक घण्टाको अवधिमा १ हजार १ सय ७४ देखि ७६ विन्दुको वरिपरिमा रहेको नेप्से एक्कासी बढेर १ हजार १ सय ८६ विन्दुसम्म पुगेको थियो । सो विन्दुमा धेरै समय टिक्न नसकि अन्त्यमा ४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ७९ दशमलव ७१ विन्दुमा पुगेर बन्द भएको छ । बढेको मौकामा केहि लगानीकर्ताहरुले शेयर विक्री गर्न थालेपछि बजार पुनः घट्न थालेको लगानीकर्ताको अनुमान छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा होटल समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव २७ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । जलविद्युतको सबैभन्दा बढी शून्य दशमलव ९३ प्रतिशतले घटेको हो । कारोबार भएका १ सय ५९ कम्पनीको ३ हजार २ सय १८ पटकको व्यापारमा ६ लाख ७२ हजार १ सय ३ कित्ता शेयरको रू. २० करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनीमध्ये ग्लोबल आइएमई बैङ्कको प्रतिकित्ता रू. २ सय ८४ मा रू. १ करोड ७५ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा बैङ्कहरू परेका छन् । उन्नती माइक्रोफाइनान्सको शेयर मूल्य ६ प्रतिशतले बढेको छभने रैराङ् हाइड्रोपावर डेभलपमेण्टको शेयर मूल्य ७ दशमलव ३० प्रतिशतले घटेको छ । कारोबार भएका १ सय ५९ कम्पनीमा ५८ कम्पनीको शेयर मूल्य बढेको छभने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, २३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)