ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भदौसम्म सुधार नभए कालिमाटी बजार हटाउने चेतावनी

Jul 4, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आगामी भदौभित्रमा कुनै पनि सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन् । केही समयअघि मन्त्री खनाल अनुगमनमा जाँदा कालिमाटी बजारका ९९ ओटा स्टल सुधार गर्नुपर्ने देखिएको थियो । सोहीअनुसार यही भदौसम्ममा सबै सुधार पूरा गर्न अन्तिम मौका दिएको उनले स्पष्ट पारे । सरकारले आवश्यक सुधारको लागि हदैसम्मको समय दिइसकेको उनले बताए । काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा उनले कालिमाटी फलफूल तथा तरकारी बजारका स्टलहरूको भाडा समितिले निर्धारण गरेकोभन्दा १०औं गुणा बढी लिएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको जानकारी गराए । उनका अनुसार समितिसँग १० हजारमा स्टल लिएर सम्बन्धित व्यक्तिले अरूलाई १०औं गुणा बढी पैसा लिएर चलाउन दिएको भेटिएको थियो । १० हजार पर्ने स्टलको १ लाख रुपैयाँसम्म लिएको भेटिएको उनको भनाइ छ । ‘समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, नत्र कारबाही हुन्छ,’ उनले भने । मन्त्री खनालले किसानले उत्पादन गरेका वस्तुहरू सीधै उपभोक्तासमक्ष पु¥याउने वातावरण बनाउने पनि विश्वास दिलाए । ‘अहिले त धेरै लेयरहरू देखिएका छन्, ती सबै तोड्न जरुरी छ । ताजा वस्तु, सही समयमा, त्यो पनि उचित मूल्यमा उपभोक्ताले पाउने वातावरण बनाउँछु,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)