ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘प्रिमियम मूल्य पारदर्शी र यथार्थपरक बनाऊ’

Jul 4, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । धितोपत्रको प्रारम्भिक तथा थप सार्वजनिक निष्कासनमा प्रिमियम मूल्यसम्बन्धी व्यवस्था स्पष्ट पार्दै यस्तो मूल्य निर्धारण पारदर्शी र यथार्थपरक बनाउन धितोपत्र बोर्डले जोड दिएको छ । सार्वजनिक निष्कासनको प्रिमियम मूल्य निर्धारण प्रचलित नियम तथा निर्देशिकाबमोजिम पारदर्शी हिसाबले गराउन बोर्ड पूर्णरूपले सजग रहेको बताएको छ । ‘विभिन्न विधिमार्फत प्रिमियम मूल्य निर्धारण गरेको सुनिश्चित गरेपश्चात् मात्र सार्वजनिक निष्कासनको अनुमति प्रदान गरिनेछ,’ बोर्डद्वारा मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ । बजारमा फैलिएका अफवाह तथा गलत प्रचारप्रसारबाट भ्रमित नहुन पनि बोर्डले आह्वान गरेको छ । बोर्डले थप सार्वजनिक निष्कासनको प्रिमियम मूल्य गणना गर्दा पूँजीकृत भएको खुद नाफा, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य, संस्थाको पछिल्लो लेखापरीक्षणको वित्तीय विवरणअनुसार गरिएको स्पष्ट पारिएको छ । साथै, प्रतिशेयर खुद सम्पत्ति र १ सय ८० दिनको औसत बजार मूल्य विधिबाट प्राप्त हुने मूल्यको कुल मूल्यको सामान्य औसत गणना गरी उक्त मूल्य निर्धारण गर्ने व्यवस्था रहेको बोर्डले बताएको छ । अन्तरराष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी पछिल्लो ३ वर्षको पूँजीकृत आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र पछिल्लो लेखापरीक्षणको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुन कम हुन्छ, त्यसैलाई प्रिमियम मूल्य कायम गर्नुपर्ने बोर्डले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)