ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

समन्वयका लागि प्रदेशका मन्त्रीलाई मन्त्री पुनको आग्रह

Jul 6, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । बहुद्देश्यीय आयोजनाहरूको निर्माणमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रदेश सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन् । सातै प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीहरूसँग बिहीवार भएको अन्तरक्रियामा मन्त्री पुनले ठूला आयोजना निर्माणमा जोड दिएका हुन् । ठूला तथा बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माण प्रदेश एक्लैले गर्न नसक्ने भन्दै केन्द्र र प्रदेश सरकारको समन्वय आवश्यक रहेको उनको भनाइ छ । ‘जलविद्युत् विकास समग्र देशको समृद्धिसँग जोडिएको छ,’ उनले भने, ‘केन्द्र र प्रदेश समन्वय गरेर जान सके द्रुत गतिमा प्रभावकारी काम गर्न सकिन्छ ।’ अन्तरक्रियामा प्रदेश ७ का मन्त्री पठानसिंह बोहोराले आयोजना निर्माणसँगै जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्ने बताए । मानव संशाधनको टुङ्गो नलागे प्रदेशलाई छुट्ट्याइएको बजेट फ्रिज हुने उनको तर्क थियो । कर्णाली प्रदेशका मन्त्री खड्कबहादुर खत्रीले ठूला आयोजना केन्द्र, प्रदेश र जनतासँगको सहकार्यमा निर्माण गर्नुपर्ने बताए । निर्माणाधीन भेरी–बबई डाइभर्सनबाट स्थानीय जनताले अधिकतम लाभ पाउनुपर्नेमा उनले जोड दिए । प्रदेश नं. ५ का मन्त्री बैजनाथ चौधरीले प्रदेशस्तरका कार्यक्रममा बजेट अभाव हुँदा भुक्तानी दिन समस्या हुनुका साथै कर्मचारी अभावले काम गर्न समस्या रहेको पनि उल्लेख गरे । प्रदेश नं. २ का मन्त्री जितेन्द्र सोनलले नीति तर्जुमा गर्दा सोलार विकासको सम्भावनालाई प्राथमिकतामा राखिएको बताए । उनले ५० मेगावाटसम्मको सोलार आयोजना निर्माण गर्दा केन्द्रले सहयोग गर्नुपर्ने माग पनि राखे । आयोजना निर्माण अघि बढाउनुपूर्व प्रदेश सरकारले प्राथमिकीकरण गर्न पाउनुपर्ने पनि मन्त्री सोनलको माग थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)