ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोखरामा कलेज सञ्चालन गर्दै सिल्भर माउण्टेन

Jul 8, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । लैनचौरस्थित सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्टले पोखरामा पार्टनर कलेज स्थापना गर्ने भएको छ । सिल्भर माउण्टेनले पोखराको मुस्ताङ चोकमा फिशटेल माउण्टेन स्कूल अफ हस्पिटालिटी, टुरिजम एण्ड म्यानेजमेण्ट स्थापना गर्ने भएको हो । यसका लागि सिल्भर माउण्टेनले दुई अन्तरराष्ट्रिय विश्वविद्यालयसँग सम्झौता गरेको छ । उसले मलेशियाको टेलर्स युनिभर्सिटी र फ्रान्सको युनिभर्सिटी अफ टुलुससँग सम्झौता गरेको हो । फिशटेल एउटै शैक्षिक कार्यक्रमका लागि यी दुई मुलुकका अन्तरराष्ट्रिय डीग्री उपलब्ध गराउने एक मात्र म्यानेजमेण्ट स्कूल भएको सिल्भर माउण्टेनको भनाइ छ । उक्त कलेजमा सम्पूर्ण प्राध्यापकसमेत मलेशिया र फ्रान्सकै हुने पनि बताइएको छ । कलेजसँग किचन, फूड तथा बेभरेज सर्भिस, हाउस किपिङ, ल्याबलगायत उत्कृष्ट भौतिक संरचना तथा सुविधा रहेका छन् । विश्वका १० चेन होटलमध्ये ८ ओटासँग टेलर्स युनिभर्सिटी पार्टनर रहेको छ । यसले गर्दा फिशटेल माउण्टेन स्कूल अफ हस्पिटालिटी, टूरिजम एण्ड म्यानेजमेण्टमा पढ्ने विद्यार्थीले विश्वभर छरिएर रहेका उक्त होटलमा इण्टर्नशिपको अवसर पाउने छन् । यसका साथै यस कलेजबाट उत्तीर्ण हुने उत्कृष्ट विद्यार्थीले तीमध्ये कुनै एक होटलमा कामको अवसर पनि प्राप्त गर्नेछन् । फिशटेलले आगामी नोभेम्बरमा भर्ना प्रारम्भ गर्ने जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)