ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विपद् पूर्वतयारीका लागि पौने २ करोड

Jul 12, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
अछाम । अछामका स्थानीय तहहरूले विपद् जोखीम न्यूनीकरण र विपद् पूर्वतयारीका लागि बजेट विनियोजन गरी पूर्वतयारी योजना र विपद् कोष स्थापना गरेका छन् । जिल्लाका १० तहमध्ये ७ स्थानीय तहको गाउँ तथा नगरसभामा पेश भएको बजेटअनुसार उनीहरूले विपद् पूर्वतयारीका लागि १ करोड ७३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेका छन् । कमलबजार नगरपालिकाको नगरसभाको उद्घाटन भई बजेटमाथिको छलफल जारी छ भने तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका गाउँसभा नै हुन बाँकी छ । सभा सम्पन्न भएका स्थानीय तहमध्ये साँफेबगर नगरपालिकाले रू. १७ लाख ५३ हजार विपद् पूर्वतयारीका लागि बजेट विनियोजन गरेको छ भने रू. ३० लाख कोषमा राखेको छ । पञ्चदेवल विनायक नगरपालिकाले विपद्को पूर्वतयारीका लागि रू. १५ लाख छुट्याएको छ, जसमा १० लाख पूर्वतयारी कोषमा राखेको छ भने ५ लाख विपद्पूर्वको तयारीका लागि छुट्याएको छ । चौरपाटी गाउँपालिकाले रू. २३ लाख विपद् पूर्वतयारीका लागि छुट्याएको छ भने रू. ३० लाख आकस्मिक कोषमा राखेको छ । जिल्लाको रामारोशन गाउँपालिकाले १० लाख, मेल्लेख गाउँपालिकाले ३० लाख ५० हजार र बान्नीगढी जयगढ गाउँपालिकाले १० लाख ५० हजार रुपैयाँ प्रारम्भिक रूपमा विपद् पूर्वतयारीका लागि बजेट विनियोजन गरेका छन् । सदरमुकाम रहेको मङ्गलसेन नगरपालिकाले १० लाख रुपैयाँ विपद् पूर्वतयारीका लागि छुट्याएको छ । वर्षायाममा हुने सडक अवरुद्ध, पहिरो, बाढी, कटान आदि समस्याको समाधानका लागि बजेटको परिचालन गरिने रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउद भास्करले बताए । हिउँदमा आएको भीषण असिनापानीले विपद्को क्षेत्रमा बजेट व्यवस्थापनका लागि स्थानीय तह सोच्न बाध्य भएको र सोहीअनुसार बजेट विनियोजन भएको उनको भनाइ छ । गाउँपालिकाको विपद् जोखीम क्षेत्र पहिचान गर्दै तत्काल उद्धार तथा राहत र पूर्वतयारीका लागि मेल्लेख गाउँपालिकाले युवा समूह पनि तयार गरिसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । स्थानीय तहहरूले विपद् पूर्वतयारी तथा व्यवस्थापन नीति पारित गर्दै सोहीअनुसार बजेट विनियोजन गरी काम अघि बढाएको बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)