ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२७ करोडमा सडक कालोपत्र हुँदै

Jul 15, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पर्वत । जिल्लाको मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट लप्सीबोट जोड्ने सडक कालोपत्र हुने भएको छ । पातिचौरदेखि लप्सीबोटसम्मको १२ किलोमिटर सडकको कालोपत्र गर्न २७ करोड ६७ लाख रुपैयाँ खर्च हुने भएको छ । उक्त बजेट भूकम्प आपतकालीन सहायता आयोजनाले उपलब्ध गराउने बताइएको छ । सडक कालोपत्र १८ महीनाभित्र पूरा हुने जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतका प्रमुख जगदीश शर्माले जानकारी दिए । ‘यो सडक २०७६ माघमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ,’ उनले भने, ‘तोकिएको मापदण्डमा समयमा सम्पन्न गर्ने लक्ष्य पूरा गराउनेछौं ।’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार उक्त सडकको शिलान्यास गरेका छन् । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्राविधिक प्रस्ताव रोकिएको अवस्थामा समन्वय गरी सडक निर्माणको वातावरण बनाइएको बताए । सडक निर्माणको जिम्मा लिएको आशिष÷फेवा जेभी पोखराले साउनमा सडकको साइड सर्वे सकेर भदौदेखि निर्माण थाल्ने जानकारी दिएको छ । यो सडक कालोपत्र भएपछि जिल्लाको देउपुरमा उत्पादित सुन्तला, भुकताङलेमा उत्पादित तरकारी, फलफूल र कृषकले उत्पादन गर्ने खसीबोकाले बजार पाउने अपेक्षा गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)