ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बहुक्षेत्रीय पोषण कार्यक्रम सम्पन्न

Jul 16, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
डँडेलधुरा । डँडेलधुराको अमरगढी नगरपालिकामा चालू आर्थिक वर्षका लागि घोषित बहुक्षेत्रीय पोषण कार्यक्रम सम्पन्न भएको छ । नगरस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको हो । युनिसेफ नेपालको सहयोगमा नेपाल सरकारकोे ११ लाख ४१ हजार र अमरगढी नगरपालिकाको ५ लाख रुपैयाँमा अमरगढीका ११ ओटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लोकराज पजेरूले किशोरकिशोरी, सुनौला हजार दिनभित्रका महिला, सुत्केरी महिला, २ वर्र्षमुनिका बालबालिका, किसान, शिक्षक र अभिभावकलाई पोषणसम्बन्धी तालीम, आवश्यक परामर्श र सहयोगसहित कार्यक्रम सम्पन्न भएकोे जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट १ हजार ४४ जना लाभान्वित भएका छन् । समापन कार्यक्रममा जिल्ला समन्वय समिति डँडेलधुराका प्रमुख गणेशराज भट्टले बालबालिका र गर्भवती महिलालाई षोषक कार्यक्रमले राहत पुगेको बताए । यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दिलबहादुर शाहीले पोषण अवस्था सुधारका लागि कृषि, जनस्वास्थ्य, पशुसेवा, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइलगायत सबै निकाय उत्तिकै जिम्मेवार रहेको औंल्याए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)