ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डेढ लाख तलब छोडेर गाउँमै बाख्रापालन

Jul 17, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोका विराज मल्लले इराकबाट फर्केर सञ्चालन गरेको बाख्राफार्म अहिले जिल्लाकै नमूना फार्म बनेको छ । बाख्राफार्मबाट विराजले अहिले वार्षिक २५ लाख रुपैयाँभन्दा बढी कमाउँदै आएका छन् । इराकमा मल्लले जोखिमपूर्ण काम गरेर मासिक डेढ लाख तलब बुझ्ने गरेको बताए । करीब ३ वर्षअघि २७ ओटा बाख्रा खरीद गरी आधुनिक प्रविधिको प्रयोगबाट बाख्रापालन गरेका मल्ल अहिले जिल्लाकै नमूना बाख्रापालकका रूपमा चिनिएका छन् । आधुनिक प्रविधि, उपकरणसहित सिद्धबराह बाख्रापालन तथा कृषि फार्म स्थापना गरेका मल्लले फराकिलो खोरभित्र ११ ओटा छुट्टा–छुट्टै कोठामा बोका, बाख्रा, पाठापाठी राखेका छन् । उनको खोरमा अहिले विभिन्न जातका २ सयभन्दा बढी बाख्रा र बोका छन् । उन्नत जातको बोका र बाख्रा, तरकारी तथा घाँस विक्री गरी वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले बताए । आधुनिक प्रविधि र गोठ बनाउँदा धेरैले लगानी डुबायो भन्दै आलोचना गरे पनि अहिले फार्म हेरेर दङ्ग पर्ने गरेको मल्लको भनाइ छ । उनले फर्ममा बाख्रालाई जाडो महीनामा फाइबरको टिन र गर्मीमा हावा प्रवेश गर्ने झ्यालको व्यवस्था मिलाएका छन् । मल्लले जमुनापारी, बित्तल, बोयरलगायत उन्नत जातका साथै स्थानीय गरी २ सयओटा बाख्रा पालेका छन् । गतवर्ष पशु सेवा कार्यालयबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ अनुदानसमेत प्राप्त गरेको फर्म जिल्लाकै नमूना र आधुनिक बाख्रापालन फार्मका रूपमा समेत घोषित भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)