ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेलायतमा भन्दा अष्ट्रेलियामा विदेशी विद्यार्थी धेरै

Jul 20, 2018  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाली युवायुवतीमा विदेशमा गएर पढ्ने रुचि निकै बढेको छ । हरेक वर्ष अध्ययनका लागि अष्ट्रेलिया, जर्मनी, अमेरिका, क्यानडा, जापान र बेलायत जाने विद्यार्थीको लर्कोले यस्तै भन्छ । उच्च शिक्षाका लागि विदेशिएका व्यक्ति नभएको परिवार वा समुदाय पाउनै मुस्किल छ । विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्राप्त गर्न तथा राम्रो जागीर र कमाइको आशमा विदेशिनेको सङ्ख्या धेरै छ । आआफ्नो रुचिअनुसार काम गर्दै पढाइलाई निरन्तरता दिन पाइने अवसर, रहनसहन, जलवायुलगायत तŒव हेरेर विद्यार्थीहरूले गन्तव्य निर्धारण गर्छन् । अष्ट्रेलिया उच्च शिक्षा प्राप्त गर्न जानेमा नेपाल तेस्रो स्थानमा छ । गतवर्षको जुलाईदेखि डिसेम्बरसम्मको अवधिमा त्यहाँ पढ्न १०औं हजार नेपालीले आवेदन दिएको तथ्याङ्क छ । पछिल्लो समय अष्ट्रेलियामा नेपालीमात्र होइन विश्वभरका विद्यार्थीको आगमन बढेको छ । युनिभर्सिटी कलेज लण्डन (यूसीएल)ले गरेको अनुसन्धानले समेत यस्तै देखाएको छ । यूसीएलका सेण्टर फर ग्लोबल हाइयर एजुकेशनका अनुसन्धाताका अनुसार विदेशी विद्यार्थीको गन्तव्य स्थलमा बेलायतलाई उछिन्दै अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको हो । सबैभन्दा धेरै विद्यार्थी जाने देशको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ । हाइयर एजुकेशन कमिशनका सहअध्यक्ष प्राध्यापक सिमन मार्जिन्सन भन्छन्, ‘३ वर्षअघि बेलायतमा अष्ट्रेलियाको तुलनामा १ लाख ३० हजार विदेशी विद्यार्थी भर्ती भएका थिए, तर पछिल्ला वर्षमा अष्ट्रेलिया जाने विद्यार्थीको सङ्ख्या १२ प्रतिशतदेखि १४ प्रतशत बढेको छ ।’ सो अवधिमा बेलायतको वृद्धि निकै सुस्त रहँदा अष्ट्रेलियालले बेलायतलाई उछिनेको मार्जिन्सनको भनाइ छ । यूनेस्कोले २०१८ का लागि विद्यार्थीको आधिकारिक तथ्याङ्क यस वर्षको अन्त्यतिर मात्रै जारी गर्दै छ । तर, यूसीएलका अनुसन्धाताहरू भने अष्ट्रेलियाले बेलायतलाई उछिनेकोमा ढुक्क छन् । बेलायतले नयाँ विद्यार्थी भर्ती र पढाइसँगै काम गर्ने भिसामा कडाइ गरिरेहको छ । यसले गर्दा धेरैको रोजाइमा बेलायत पर्न छाडेको छ । बेलायतले कडाइ गरिरहँदा प्रतिस्पर्धी देशहरूले अन्तरराष्ट्रिय शिक्षालाई राम्रोसँग प्रवद्र्धन गरिरहेका छन् । यो वर्ष सार्वजनिक विदेशी विद्यार्थीका लागि उत्कृष्ट शहरको सूचीको शीर्ष स्थानमा बेलायतको लण्डन रहे पनि अष्ट्रेलियाको मेलबर्न र सिड्नी पनि शीर्ष १० मा परेका थिए । यूरोपबाहिर विशेषगरी चीन, भारत र नेपालबाट विद्यार्थी तान्न अष्ट्रेलिया सफल भएको छ । यूरोपबाहिरका विद्यार्थीलाई कडाइ गरिरहेकाले बेलायतले यूरोपेली विद्यार्थीलाई आकर्षित गर्न सकेको छैन । त्यसैले अर्थतन्त्रमा विदेशी विद्यार्थीको योगदान घट्ने चेतावनी अनुसन्धाताहरूले दिएका छन् । पछिल्लो तथ्याङ्कले विदेशी विद्यार्थीसम्बन्धी नीति समीक्षा गर्न बेलायतलाई झक्झकाएको ब्रिटिस काउन्सिलले समेत बताएको छ । यसै वर्ष भएको एक विश्लेषणले विदेशी विद्यार्थीले बेलायती अर्थतन्त्रमा २० अर्ब पाउण्ड स्टर्लिङ योगदान दिएको देखाएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)