ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करदाता सेवा कार्यालय, दमौली : राजस्व सङ्कलनमा ४१.१७% वृद्धि

Jul 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
तनहुँ । आर्थिक वर्ष २०७४/७५ मा करदाता सेवा कार्यालय, दमौलीको राजस्व सङ्कलन ४१ दशमलव १७ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३४ करोड १७ लाख ३२ हजार सङ्कलन भएकोमा गत आवमा ४८ करोड २४ लाख ५७ हजार सङ्कलन भएको हो । कार्यालयको वार्षिक लक्ष्य रू. ४२ करोड ३९ लाख ७९ हजार रहेको थियो । आर्थिक वर्षको तुलनामा आव २०७४/७५ मा करीब २ हजार करदाता बढेको कार्यालयले बताएको छ । अघिल्लो आवमा ११ हजार ९ सय १४ जनाले कर बुझाएकोमा गत आवमा १३ हजार ८ सय ८० जना करको दायरामा आएको उसको तथ्याङ्क छ । त्यस्तै, १ हजार ४ सय ३० जनाले व्यावसायिक स्थायी लेखा नं लिएको र १ हजार १ सय ३८ करदाता भ्याटमा दर्ता भएको कार्यालय प्रमुख प्रदीप रेग्मीले जानकारी दिए । विभिन्न ठाउँमा करदाता शिक्षा कार्यक्रम लागू भएपछि करको दायरामा आउनेको सङ्ख्या तथा तथा करसम्बन्धी चेतनासमेत बढेको रेग्मीको भनाइ छ । करदाता कार्यालयले यस वर्ष जिल्लाका विभिन्न स्थानका निर्माण व्यवसायी र सुनचाँदी व्यवसायीलाई करदाता शिक्षा प्रदान गरेको थियो । २०७१ असार मसान्तसम्मको वा सोभन्दा अगाडिदेखिको मूल्य अभिवृद्धि कर तथा आवश्यक विवरण अगामी पुस मसान्तभित्र नबुझाउने करदाताको दर्ता खारेज गरिने कार्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)