रियल इष्टेट क्षेत्रमा मार्केटिङ एजेण्ट उत्पादन गर्दै बृहत् प्रोपर्टी सोलुशन्स
Jul 21, 2018
 
बजार
अभियान संवाददाता
साउन ५, काठमाडौं । बृहत् प्रोपर्टी सोलुशन्स (बीपीएस)ले आयोजना गरेको १३औं ब्याचको रियल इष्टेट मार्केटिङ एजेण्ट (रिमा) तालीम सम्पन्न भएको छ । ‘बीपीएस’ रियल इष्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत् ग्रूप’अन्तर्गतको कम्पनी हो ।
जुलाई १९ देखि २१ सम्म काठमाडौंमा आयोजित रिमा तालीममा रियल इष्टेट एजेण्ट, निर्माण कम्पनीलगायत विभिन्न क्षेत्रका ११ जनाको सहभागिता रहेको थियो । तालीममा रियल इष्टेटबारे आधारभूत जानकारीका साथै यसको निर्माण, इञ्जिनीयरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इष्टेट कानून र यसको अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
आवास कर्जा तथा बीमा, प्रोपर्टी भ्यालुएशन, रियल इष्टेट मार्केटिङ, कुशल रिमा बन्न आवश्यक गुण तथा व्यवहारलगायत विषय पनि तालीममा समेटिएको थियो । तालीमले सहभागीका लागि रियल इष्टेट क्षेत्रमा करिअर बनाउने र नयाँ आयाम सिर्जना गर्ने कम्पनीको विश्वास छ । तालीममा सहभागीले रिमा तालीमले रियल इष्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउन महŒवपूर्ण हुने बताए ।
दक्ष रिमा उत्पादनमार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्देश्यले कम्पनीले विगत ९ वर्षदेखि आयोजना गर्दै आएको यस तालीमबाट हालसम्म १ सय ५० भन्दा बढी रिमा ग्र्याजुएट भइसकेका छन् । बृहत् ग्रूप नेपालमा व्यावसायिक रिमा तालीम सञ्चालन गर्ने पहिलो र हालसम्म एक मात्र कम्पनी हो ।