ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओटीसी बजारमा १ करोड १९ लाख कित्ता कारोबार

Jul 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । २०७४/७५ आर्थिक वर्षमा ओभर दी काउण्टर (ओटीसी) बजारमा ३८ कम्पनीको शेयर कारोबार भएको छ । यी कम्पनीको कुल १ करोड १९ भन्दा बढी कित्ता शेयर कारोबार भएको हो । ओटीसी बजारमा सबैभन्दा बढी कित्ता कारोबार माउण्टेन हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता रू. १ सयमा कारोबार भएको छ । गत आवमा दुईपटकको कारोबारमा उसको ४२ लाख १८ कित्ता किनबेच भएको थियो । माउण्टेन हाइड्रोपावर नेपाल ओटीसी बजारबाट चाँडै निस्केर नेप्सेको सामान्य सूचीमा आउन तयारी गरिरहेको छ । कम्पनीले आफ्नो आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयलाई १२ लाख ५० हजार कित्ता शेयर जारी गरिसकेको छ । त्यसको आवेदन सङ्कलन साउन २० गतेसम्म हुन्छ । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हाल ओटीसी बजारमा ८२ ओटा कम्पनी सूचीकृत छन् । तर, सबै कम्पनीको कारोबार भने भएको छैन । आठओटा कम्पनीको भने वर्षमा दुईपटक र दुई कम्पनीको तीनपटकसम्म कारोबार भएको छ ।

गत आवमा ओटीसी बजारमा काठमाडौं फरेष्ट्री कलेज र सिन्धु ज्वाला हाइड्रोपावरको तीनपटकसम्म कारोबार भएको छ । ओटीसीमा कारोबार भएका कम्पनीमध्ये काठमाडौं फरेष्ट्री कलेजको शेयरमूल्य सबैभन्दा उच्च छ । यसको कारोबार प्रतिकित्ता रू. १ हजारमा भएको छ । गत आवमा यस कम्पनीको तीनपटकमा १ हजार ५ सय ४९ कित्ता शेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जको दोस्रो बजारमा सूचीकृत नभएका वा सूचीकरणबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर किनबेच ओभर द काउण्टर (ओटीसी) बजारमा हुने गरेको छ । दोस्रो बजारमा सूचीकृत नभएका कुनै पनि कम्पनीको शेयर नामसारी तथा शेयर किनबेच ओटीसी बजारमार्फत हुने गरेको हो । यस बजारमा कारोबारका लागि आएका कम्पनीहरूलाई निःशुल्क दर्ता हुने पाउने व्यवस्था छ । तर, कारोबारमा आइसकेपछि भने सो कम्पनीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेलाई निश्चित दरमा कमिशन तिर्नुपर्छ । साथै, यस बजारमा धितोपत्र कारोबार गर्दा कारोबार रकमको आधारमा प्रत्येक लगानीकर्ताले कारोबार शुल्क बुझाउनुपर्ने हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)