ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कैलाश मानसरोवर यात्रामा मधुवन फूडको खाना सेवा

Jul 23, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । भारतका विभिन्न तीर्थस्थलमा तीर्थयात्रीलाई खाना सेवा उपलब्ध गराउँदै आएको मधुवन फूडले कैलाश यात्रामा जाने सबैको लागि खानाको व्यवस्था गर्ने भएको छ । मधुवन २०१२ मा खुलेको तीर्थयात्रीको भोजन तयार गर्ने संस्था हो । यो संस्थाले माता वैष्णवी श्रृणी, कत्रा (जम्मु कास्मीर)लगायत स्थानमा खाना सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा नेपाल, भारत र चीनका पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा यो सेवा शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । यसका लागि एशोसिएशन अफ कैलाश टूर अपरेटर (एक्टोन)का प्रेसिडेण्ट प्रकाश श्रेष्ठ र मधुवन फूडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सहकार्यमा हस्ताक्षर गरेका छन् । कम्पनीले यात्रुलाई ‘सात्विक’ भोजन उपलब्ध गराउने छ । तीर्थयात्रुको स्वादलाई ध्यानमा राखेर भारतीय सेफ ल्याएर सबै ठाउँमा भारतीय स्वादमा खाना बनाइने मधुवन फूडका प्रबन्ध निर्देशक गुप्ताले जानकारी दिए । यात्रा अवधिभर तीर्थयात्रुलाई उनीहरूको स्वादअनुसारको खाना दिइने उनले बताए । चाइना इण्डिया तीर्थयात्रा सेवाकेन्द्र (सीआईपीएसई)का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले यो सहकार्यले सबै तीर्थयात्रीलाई राम्रो सेवा तथा स्वस्थ खाना प्रदान गर्ने बताए । यो सेवापछि यात्रामा जाने तीर्थयात्रुले आफ्ना लागि आफै खानेकुराको बन्दोबस्त गरेर जानुनपर्ने भएको छ । यो साझेदारीपछि सुलभ मूल्यमा तीर्थयात्रीलाई खानेकुरा दिइने कम्पनीले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)