ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो उद्योग दर्ता

Jul 24, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । आर्थिक वर्ष (आव) २०७३/७४ को तुलनामा आव २०७४/७५ मा उद्योग दर्ता सङ्ख्या घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार आव २०७४/७५ मा अघिल्लो आवमा दर्ता भएभन्दा १४ ओटा उद्योग कम दर्ता भएका छन् । आव २०७३/७४ मा विभिन्न क्षेत्रमा गरी ५ सय १० उद्योग दर्ता भएका थिए भने आव २०७४/७५ मा ४ सय ९६ ओटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका प्रवक्ता दुर्गा भुसाल बजारको माग र लगानीकर्ताको उद्देश्यअनुरूप उद्योग खुल्ने भएकाले उद्योग दर्ता सङ्ख्यामा थपघट हुनु स्वाभाविक भएको बताउँछन् । समग्रमा उद्योग दर्ता सङ्ख्या घटे पनि ऊर्जामूलक, सूचनाप्रविधि, उत्पादनमूलक र पर्यटन क्षेत्रमा भने उद्योग दर्ता बढेको छ । आव २०७३/७४ मा ऊर्जामूलक, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा क्रमशः २०, १४ र १ सय २५ ओटा उद्योग दर्ता भएका थिए भने आव २०७४/७५ मा सो सङ्ख्यामा वृद्धि भएर क्रमशः ३९, २४ र १ सय ३० ओटा पुगेको छ । आव २०७३/७४ मा निर्माण र खनिज क्षेत्रमा ३/३ ओटा उद्योग दर्ता भएका थिए भने आव २०७४/७५ मा ती उद्योगको दर्ता सङ्ख्यामा १/१ ले वृद्धि भई ४/४ पुगेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं ऊर्जाको माग बढेको र निजीक्षेत्रबाट पनि जलविद्युत्मा लगानी गर्नुपर्छ भन्ने जनचेतना बढेकाले ऊर्जासम्बद्ध उद्योग बढेको बताउँछन् । विभागको तथ्याङ्कअनुसार आव २०७४/७५ मा दर्ता भएका उद्योगमध्ये ठूला ७८, मझौला ७६ र साना ३ सय ४२ रहेका छन् । ती उद्योगहरूको कुल पूँजी रू. ३ खर्ब ५० अर्ब ५८ करोड ८८ लाख रहेको छ । ती उद्योग सञ्चालन भएमा २७ हजार ३ सय ३९ जनाले रोजगारी पाउने विभागको तथ्याङ्कमा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)